मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

Ujyalosandeshonline 11876+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए ।

उनका अनुसार बैठकले पार्टी संरचना सुदृढिकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो । महतले भने, ‘बैठकले लामो छलफलपछि १५ औँ महाधिवेशनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गरेको छ । कांग्रेसको १५ औँ महाधिवेशन २०८२ पुस २६,२७ र २८ गते हुने गरि प्रस्तावित कार्यतालिका केन्द्रीय समितिमा पेस गरिएको थियो र त्यो सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ ।’

बैठकले मंसिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ । कांग्रेसले महाधिवेशन तयारीलाई संगठन सुदृढिकरणसँग जोडेर आगामी दिनमा आवश्यक प्रक्रिया द्रुत गतिमा अघि बढाउने जनाएको छ ।

कांग्रेसको १५औं महाधिवेशन तालिका

  • नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० सम्म
  • नयाँ क्रियाशील सदस्यको फाराम पठाउने– मंसिर २४ सम्म
  • सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको काम सक्ने पुस ८ सम्म 
  • नयाँ र नवीकरण गरिएका सदस्यता अन्तिम सूची बुझाउने– पुस १४ 
  • विदेशस्थित जनसम्पर्क समितको अधिवेशन– पुस १५
  • गाउँ नगर र वडा अधिवेशन– पुस १६
  • गाउँ नगरपालिका अधिवेशन पुस १७
  • प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१
  • एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन– पुस २२
  • प्रदेश अधिवेशन २३ र २४ गते ।
  • महाधिवेशन पुस २६, २७ र २८ गते ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार