मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

पनौतीका १३७ सुकुमवासीले दिए निवेदन

Ujyalosandeshonline 12532+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

काभ्रेपलाञ्चोक । सरकारले सुकुमवासीलाई ब्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकमार्फत गरेको परिपत्रअनुसार पनौती नगरका विभिन्न वडाबाट १३७ सुकुमवासी परिवारले आफूलाई ब्यवस्थित गर्न निवेदन दिएका छन् । नगरको सार्वजनिक सूचनानुसार रोशी खोला–आसपास बसेका सुकुमवासीले उक्त सङ्ख्यामा हालसम्म निवेदन गरेको नगरकार्यालयले जनाएको छ । 

नगर कार्यालयका अनुसार निवदेन आउनेक्रम रहेपनि ती परिवारालाई स्थानान्तरण गर्नेगरी उनीहरुका घर खाली गराउन प्रक्रिया थालिएको छ । नगरले विशेषगरी खोला किनार र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई प्राथमिकतामा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी थालिएको नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । उहाँकाअनुसार अझै नगरक्षेत्र तथा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक जग्गा तथा सुकुमवासी बस्तीसम्बन्धी निवेदन सङ्कलनकार्य जारी राखिएको छ । 

नगर कार्यालयका अनुसार हालसम्म वडा नं ७ र ८ लगायत विभिन्न वडाबाट १३७ जनाको निवेदन दर्ता भइसकेको छ । यस्तै बाँकी वडाबाटसमेत विवरण आउने क्रम जारी रहेको जनाइएको छ । यस्तै वडा नं २ बाट ५३, वडा नं ४ बाट ७, वडा नं ५ बाट ८, वडा नं ७ बाट १५, वडा नं ८ बाट ७, वडा नं ९ बाट ९, वडा नं १० बाट २४, वडा नं ११ बाट ८ तथा वडा नं १२ बाट ६ परिवारको निवेदन दर्ता भएको हो । नगर कार्यालयले पहिलो चरणमा रोशी खोला छेउका जोखिमयुक्त बस्ती हटाउने योजना बनाएको जनाएको छ ।

वर्षायाममा बाढी र कटानको उच्च जोखिम हुने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षालाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको भण्डारीको भनाइ छ । स्थानीय तहले सार्वजनिक जग्गाको संरक्षणसँगै दीर्घकालीन व्यवस्थापनको विकल्प खोज्ने तयारीसमेत गरिरहेको जनाएको हो । यसका लागि बास्तविक सुकुम्बासीको पहिचान, तथ्याङ्क सङ्कलन र आवश्यक समन्वयको काम भइरहेको जनाइयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार