मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

खेलकुद महासंघले माग्यो क्यानका अध्यक्षको राजीनामा

Ujyalosandeshonline 10996+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ (क्यान)मा आर्थिक अपचलन मौलाएको र क्रिकेटर सन्दीप लामिछानेमाथि भएका राजनीतिको कारण अन्तर्राष्ट्रिय जगतमै बेइज्जत भएको भन्दै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ । 

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले सन् २०१४ मा क्यानको अराजकताका कारण नेपाल आईसीसीको निलम्बनमा परेको स्मरण गर्दै अहिले पनि नेपाली क्रिकेट त्यही अवस्थामा पुगेको जनाएको छ । विगतमा झै नेपाली क्रिकेटले पुःन प्रतिबन्धको मार झेल्नु नपरोस् भन्ने चिन्ता र चासो रहेको समेत महासंघ पदाधिकारीको भनाइ छ । 

‘सन्दीप लामिछाने नेपालका सर्वोत्कृष्ट खेलाडी भएको सबैमाझ सर्वविदितै छ । सम्मानित उच्च अदालत, पाटनबाट उनले सफाई पाइसकेको अवस्था तथा नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरिसकेको अवस्थामा के कारण उनी नेपालको १५ सदस्यीय टोलीमा अटाउन सकेनन् ? यसको अविलम्ब छानविन होस् र उनलाई टिममा समावेश नगराउन प्रमुख भूमिका खेल्ने क्यान पदाधिकारीलाई कडाभन्दा कडा कार्बाही होस्,’ जारी विज्ञप्तिमा भनिएको छ । 

क्यान अध्यक्ष चन्दले मुलुककै बेइज्जत गरेको महासंघको आरोप छ । ‘क्यान अध्यक्ष चतुरबहादुर चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई विश्वकपको लागी प्रदान गर्ने १५ खेलाडी र १० ‘सपोर्टिङ स्टाफ’मध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनु पर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू श्रीमतीसहित अमेरिका पुगेपछि आइसीसीले टिम डाक्टर अनिवार्य टिममा हुनुपर्ने र अध्यक्ष भएर ’सपोर्टिङ स्टाफ’ को ‘कोटा’ मा आउन नमिल्ने भनेर उनको नाम सूचीबाट हटाई उक्त स्थानमा डाक्टर समावेश गरेको सर्वविदितै छ,’ महासंघका केन्द्रीय सचिव विप्लव घोषद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भएको छ । अन्तर्राष्ट्रियस्तरमा देशको शिर निहुर्याउने कार्य गर्ने क्यान अध्यक्षले नैतिकताको आधारमा आज नै राजीनामा दिनुपर्ने माग गर्दछौ ।’ 

क्यान अध्यक्ष चन्दलाई तुरुन्त नेपाल फर्काएर कार्बाही गर्न खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग महासंघले माग गरेको छ ।क्यान अपादर्शी रहेको, पदाधिकारी अमेरिकामा जर्सी बेच्ने कार्यमा संलग्न रहेको, क्यानले विश्वकपका लागि उठाएको भनिएको चन्दा बैंक खातामा दाखिला नभएको,  लेटर प्याडको दुरुपयोग गरेको भन्दै महासंघले आवश्यक अनुसन्धान गरि दोषीलाई यथाशीघ्र कारबाही गर्न भनेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार