मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अफ्रिका कप अफ नेशसन्सको अन्तिम १६ मा सेनेगल प्रवेश

Ujyalosandeshonline 12611+ समाचार ( )
६ माघ २०८०, शनिबार

काठमाडौं । अफ्रिका कप अफ नेशसन्समा सेनेगलले अन्तिम १६ मा स्थान पक्का गरेको छ । शुक्रबार राति भएको खेलमा क्यामरुनलाई पराजित गर्दै सेनेगलले लगातार दोस्रो जितका साथ समूह सीबाट अफ्रिका कपको नकआउट चरणमा स्थान पक्का गरेको हो ।

सेनेगलले क्यामरुनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो । इस्माइला सारले १६ औं मिनेटमा अग्रता दिलाएका  थिए । अरु गोल भने खेलको अन्त्यतिर निस्किए । ७१ औं मिनेटमा मोहम्मदु डिआलोले गोल गरेपछि सेनेगलको अग्रता दोब्बर भएको थियो ।

८३ औं मिनेटमा जिन कार्लेसले क्यामनरुनका तर्फबाट १ गोल फर्काउँदै अन्तर कम गरेका थिए । तर, दोस्रो हाफको अतिरिक्त समयमा साडियो मानेले गोल गर्दै सेनेगललाई ३–१ को सहज जित दिलाए ।

समूह सीकै अर्को खेलमा गुएनाले गम्बियालाई १–० गोल अन्तरले पराजित गरेको छ । अगुइबो कमाराले ६९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । समूह सीबाट सेनेगल ६ अंकका साथ शीर्ष स्थानमा छ भने गुएना ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । क्यामरुनले १ अंकमात्रै जोडेको छ भने गाम्बियाले खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार