मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

अफ्रिका कप अफ नेशसन्सको अन्तिम १६ मा सेनेगल प्रवेश

Ujyalosandeshonline 11042+ समाचार ( )
६ माघ २०८०, शनिबार

काठमाडौं । अफ्रिका कप अफ नेशसन्समा सेनेगलले अन्तिम १६ मा स्थान पक्का गरेको छ । शुक्रबार राति भएको खेलमा क्यामरुनलाई पराजित गर्दै सेनेगलले लगातार दोस्रो जितका साथ समूह सीबाट अफ्रिका कपको नकआउट चरणमा स्थान पक्का गरेको हो ।

सेनेगलले क्यामरुनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो । इस्माइला सारले १६ औं मिनेटमा अग्रता दिलाएका  थिए । अरु गोल भने खेलको अन्त्यतिर निस्किए । ७१ औं मिनेटमा मोहम्मदु डिआलोले गोल गरेपछि सेनेगलको अग्रता दोब्बर भएको थियो ।

८३ औं मिनेटमा जिन कार्लेसले क्यामनरुनका तर्फबाट १ गोल फर्काउँदै अन्तर कम गरेका थिए । तर, दोस्रो हाफको अतिरिक्त समयमा साडियो मानेले गोल गर्दै सेनेगललाई ३–१ को सहज जित दिलाए ।

समूह सीकै अर्को खेलमा गुएनाले गम्बियालाई १–० गोल अन्तरले पराजित गरेको छ । अगुइबो कमाराले ६९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । समूह सीबाट सेनेगल ६ अंकका साथ शीर्ष स्थानमा छ भने गुएना ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । क्यामरुनले १ अंकमात्रै जोडेको छ भने गाम्बियाले खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार