मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : बालेन

Ujyalosandeshonline 12618+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् । बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरु र उद्योगहरु कसरी डुब्छन् भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखाना भएको बताएका हुन् । 

उनले  भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरु, बाबुनानीहरु तथा अध्यन गर्ने अभियन्ताहरुले सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ यो  देश किन डुबेको भन्ने कुरा । यो  देशमा के समस्या छ ? यो  देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ ।’

सिंहदरबारमा रहेको वैद्यखानामा औषधी नभइ भवनहरुमा रहेको उनको भनाइ छ । त्यस्तै, उनले वैद्यखानाको एमडी सरकार परिवर्तन भए मात्र नभई ५० हजारमा पनि परिवर्तन हुने गरेको बताए । त्यस्तै मेयर शाहले सिंहदरबारको वैद्यखाना र  आयुर्वेदलाई जोगाउन नसक्ने नेतृत्वले यो देशलाई कसरी जोगाउन सक्छ भन्दै प्रश्न गरे ।  देशलाई कसरी जोगाउन सकिने भन्दै प्रश्न गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार