मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

आगामी वर्षबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्छ : प्रधानमन्त्री

Ujyalosandeshonline 12614+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन् ।

बागमती प्रदेश खेलकुद परिषद्द्धारा आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गर्दे प्रधानमन्त्री दाहालले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए । 

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।’

क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोट्र्स् हब’ का रूपमा विकास हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिताहरू सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताए । 

चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता बैशाख १ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार