मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मधेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउन सकस

Ujyalosandeshonline 11005+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा आ–आफ्नो अडान राखेपछि नयाँ गठबन्धनमा सकस देखिएको छ । केन्द्रीय राजनीतिमा एमाले–कांग्रेसको सत्ता सहकार्यको सहमति भएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । 

सोही निर्णयको आधारमा मुख्यमन्त्री सतीशकुमार सिंहले  विश्वासको मत प्राप्त गरिसकेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको थियो । 

जनमत, कांग्रेस, एमाले र लोसपा मिलेर मधेश प्रदेश सरकारमा सहभागी हुने भएपछि सो अनुसार तयारी थलिएको हो । तर मन्त्रालय बाँडफाँटमा कांग्रेस र लोसपाको अडानले मुख्यमन्त्री सिंह सकसमा परेका छन ।

कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले अर्थ सहितको चार वटा मन्त्रालय आफुहरुले पाउने सहमति भएको र सोहि अनुसार अगाडि बढ्नुपर्ने बताएका छन् । 

यता कांग्रेस संसदीय दलको बैठकले चार वटा मन्त्रालय मिल्यो भन्दै मन्त्रीहरुको नामसमेत टुंगो लगाएको जनाएको छ । 

नेपाली कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने आन्तरिक निर्णय गरिसकेको स्रोतले बताएको छ । 

स्रोतले जनाए अनुसार कांग्रेसले क्षेत्रीको नेतृत्वमा चारजनालाई सरकारमा पठाउने तयारी गरेको छ । तर मन्त्रालयको संख्या र नाम यकिन नभएको हुनाले अहिले पनि दलहरु एक आपसमा छलफलकै क्रममा रहेको बुझिएको छ ।

लोसपाले आफुहरुले दुई वटा मन्त्रालय पाउनु पर्ने अडान लिएपछि शनिबार नै भनिएको सपथग्रहण कार्यक्रम अझै हुन सकेन । 

गृह तथा सञ्चारसहित लोसपाले दुई वटा मन्त्रालयको दाबी गर्दै आएको छ । मुख्यमन्त्री सिंहले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी थालेको बुझिएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार