मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठसय ४१ विद्यार्थी दीक्षित

Ujyalosandeshonline 11768+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

सुर्खेत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्व विद्यालय को तेस्रो दीक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।

वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामाजिकशास्त्र गरी सबै संकाय र स्कुलहरुबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गरेका हुन् । कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्राडा महेन्द्र पि लामा प्रमुख अतिथि रहेका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाए । प्रधानमन्त्री ओलीले आजै कर्णाली प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार