मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कमल थापा नेतृत्वको राप्रपा नेपालले आन्दोलन गर्ने

Ujyalosandeshonline 11768+ समाचार ( )
१ असार २०८१, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्थाबाट जनतालाई मुक्ति दिनका लागि जनआन्दोलन गर्ने बताएका छन् । उनले आगामी फागुनदेखि आन्दोलन गर्नेगरी तयारी गरेको जानकारी दिए । 

शुक्रबार केन्द्रीय कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्दै उनले संघीय गणतन्त्र नेपाल र धर्म निरिपेक्ष असफल भइसकेको दावी गरे । हालको व्यवस्थाबाट जनतालाई मुक्त गराउनको लागि राप्रपा नेपालले सशक्त जनआन्दोलन आह्वान गरेको जानकारी दिए । 

उनले भने, ‘अहिले भ्रष्ट व्यवस्थाबाट परिवर्तन होइन्, सुधार गर्न पनि तयार छैन् । अहिले संघीयता र धर्म निरिपेक्षसहितको गणतन्त्र असफल भइसकेको छ । हालको व्यवस्था भ्रष्ट र तस्करीमा रुपान्तरण भएको छ । यस्तो व्यवस्थाबाट जनतालाई मुक्त गराउनको लागि राप्रपा नेपालले सशक्त जनआन्दोलन आह्वान गरेको छ । आगामी फागुन–चैत्रदेखि भ्रष्ट व्यवस्थाबाट मुक्तिका लागि निर्णायक जनआन्दोलन गर्ने निर्णय गरेको छ ।’ 

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावहीन भएको भन्दै आयोगको सट्टा जनताप्रति उत्तरदाही रहने सर्वाधिकार सम्पन्न भ्रष्टाचार नियन्त्रण नागरिक आयोग गठन गर्नुपर्ने पनि बताए । 

उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावहीन छ । संविधान र कानूनले नै केही पदाधिकारीहरुलाई अख्तियारको अधिकार क्षेत्रभन्दा अलग राखेको छ र मन्त्रिपरिषद्को निर्णय भ्रष्टाचार ठहर नहुने व्यवस्था गरेको छ । त्यसकारण कानूनमा आमूल सुधार गर्नुपर्छ । र भ्रष्टाचार नियन्त्रणको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा जनताप्रति उत्तरदाही रहने सर्वाधिकार सम्पन्न भ्रष्टाचार नियन्त्रण नागरिक आयोग गठन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर बनाएपनि वर्तमान संरचना र कानूनबाट भ्रष्टाचार प्रभावकारी तरिकाबाट नियन्त्रण हुन नसक्ने भन्दै कानूनमा आमूल सुधार पनि महत्वपूर्ण मागको रुपमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार