पाल्पा । बगनासकाली गाउँपालिका –५ राम्दीस्थित सिद्धार्थ राजमार्गबाट लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले म्याग्दीको धौलागीरी गाउँपालिका –६ का ३० वर्षीय रेशम जुग्जालीलाई डाइजेपाम ६५ एम्पुल, नुफिन ६६ एम्पुल, फेनारगन ६५ एम्पुल, सिरिंज ५ थान र सोमा प्रयोग हुने निडिल ३ थान सहित पक्राउ गरेको हो ।
जुग्जालीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।