गृह मन्त्रालयद्वारा मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा घोषणा

Ujyalosandeshonline 12201+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

भैरहवा। गृह मन्त्रालयले आगामी २०८२ साल भदौ २० गते शुक्रबारका दिन मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो बिदाको व्यवस्था गरिएको हो।

मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार, मोहम्मद जयन्ती (मोहम्मद दिवस) आगामी २०८२ साल भदौ २० गते शुक्रबार परेको छ। यसै सन्दर्भमा, गृह मन्त्रालयले उक्त दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूलाई मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले एक सूचना जारी गर्दै सम्बन्धित सबैको जानकारीका लागि यो जानकारी गराउनुभएको छ। यो निर्णयले मुस्लिम समुदायको पर्वलाई सम्मान गर्दै उनीहरूलाई चाडपर्व मनाउन सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार