मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

राप्रपा परित्याग गरेका रुपन्देहीका पूर्व उपाध्यक्ष अजय कुमार गुप्ता पुनः पार्टीमै फर्किए

Ujyalosandeshonline 11904+ समाचार ( )
१४ फाल्गुन २०८२, बिहीबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका रुपन्देही जिल्लाका पूर्व उपाध्यक्ष अजय कुमार गुप्ता पुनः आफ्नै पुरानो पार्टीमा फर्कनुभएको छ । नौ महिनाअघि पार्टीबाट बाहिरिनुभएका गुप्तालाई भैरहवामा आयोजित एक विशेष कार्यक्रमका बीच राप्रपामा पुनः स्वागत गरिएको हो । उहाँलाई रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार क्याप्टेन गौरव बोहरा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा र रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणालगायतका नेताहरुले स-सम्मान पार्टीमा भित्राउनुभएको थियो ।

पार्टीमा फर्किएपछि आयोजित कार्यक्रममा बोल्दै नेता गुप्ताले विगत ८ वर्षदेखि आफू राप्रपामा क्रियाशील रहेको र ९ महिनाको अन्तरालपछि पुनः सक्रिय राजनीतिमा फर्किएको बताउनुभयो । हिजोका दिनमा पार्टीसँग टाढिनुका कारणहरुलाई पछाडि छोड्दै उहाँले हालैको 'जेनजी आन्दोलन' पछि आफ्ना मनका रिस, खराब विचार र समाजप्रतिका गलत मानसिकताहरु जलेर नष्ट भएको धारणा राख्नुभयो । देशको राजनीति हाल गम्भीर मोडमा रहेको औंल्याउँदै उहाँले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्रसहित राप्रपाले बोकेको राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेण्डा नै आफ्नो पनि मुख्य एजेण्डा रहेको स्पष्ट पार्नुभयो ।

गुप्ताको पुनरागमनप्रति खुशी व्यक्त गर्दै राप्रपाका जिल्ला अध्यक्ष तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख सागर प्रताप राणाले पार्टीभित्र फरक मत राख्ने कुरालाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । गुप्ताले केही समयअघि पार्टी छोडे पनि उहाँको मन राप्रपामै रहेको र आफूहरुको पहललाई सहर्ष स्वीकार गर्दै उहाँ घर फर्किएको राणाको भनाइ छ । राणाले गुप्ता पार्टीको इमान्दार सिपाही रहेको भन्दै उहाँलाई छिट्टै उचित जिम्मेवारी दिइने प्रतिबद्धता समेत जनाउनुभयो । यसैगरी, पार्टीका जिल्ला सचिव बलराम शर्माले आफ्नो राजनीतिक यात्रा राप्रपाबाटै अगाडि बढाउने अठोटका साथ गुप्ता घर फर्किनु खुशीको कुरा भएको बताउँदै उहाँको आगमनले आगामी निर्वाचनमा राप्रपा थप मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

राजनीतिसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहनुभएका गुप्ता विभिन्न संघ-संस्थामा आबद्ध हुनुहुन्छ । उहाँ लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष, नेपाल–भारत अवध मैत्री समाजका अध्यक्ष, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ४ र ५ कार्यक्षेत्र रहेको श्री दुर्गा सामूदायिक सेवा केन्द्रका अध्यक्ष तथा काशी नोबल एकेडेमी सञ्चालक समितिका उपाध्यक्ष लगायतका महत्वपूर्ण जिम्मेवारीमा रहनुभएको छ । उहाँको यो पुनरागमनले रुपन्देहीमा राप्रपाको साङ्गठनिक आधार अझै बलियो हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार