मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

हज यात्रा जानेहरुका लागि सरकारले विशेष सुविधा उपलब्ध गराउने

Ujyalosandeshonline 11768+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौं । नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले हज(तिर्थाटन) यात्रामा जानेहरुका लागि सहजीकरण गरिरहेको जनाएका छन् । यात्रा गर्ने सबैका लागि ओहोर दोहोर प्लेनको सुविधा हुने बताएका छन् । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मियाँले होटेलदेखी मक्का मस्जिदसम्म गाडीको व्यवस्था समेत गरिने बताएका हुन् ।

उनले  भने, ‘हज यात्रा गर्ने यात्रुका लागि हामीले होटलको व्यवस्था गर्छौं । आउन जान प्लेनको सुविधा दिलाउछौं । खानबस्नका सुविधा भइहाल्छ, होटेलदेखि मक्का भन्ने मस्जिदसम्म गाडिको व्यवस्था हुन्छ । डाक्टरको आवश्यक्ता परे डाक्टर पनि उपलब्ध गर्नेछौं । ’

साथै नेपाल हज समितिले साउदी अरव सरकारको निर्णय अनुसार यस वर्षको हज यात्राका लागि खुला प्रतिस्पर्धा हुने जनाएको छ । अहिलेसम्म हज यात्राका लागि कति जना पठाउने भन्ने निर्णय नभएको हज समितिले जनाएको छ ।

हज समितिले सन् २०२५(हज १४४६)का लागि नेपालबाट १२ सय जनाको कोटा साउदी अरब सरकारले निर्धारण गरिसकेको जनाएको छ । यात्रा शुल्कका लागि पहिलो किस्ता स्वरुप प्रतिव्यक्ति ५० हजार रुपैंयाँ जम्मा गर्न समितिले सूचनामार्फत यसअघि नै जानकारी गराइसकेको छ । 

गृह मन्त्रालय अन्तर्गतको समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि बर्षेनी आवेदन माग्ने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार