मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

हज यात्रा जानेहरुका लागि सरकारले विशेष सुविधा उपलब्ध गराउने

Ujyalosandeshonline 12612+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौं । नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले हज(तिर्थाटन) यात्रामा जानेहरुका लागि सहजीकरण गरिरहेको जनाएका छन् । यात्रा गर्ने सबैका लागि ओहोर दोहोर प्लेनको सुविधा हुने बताएका छन् । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मियाँले होटेलदेखी मक्का मस्जिदसम्म गाडीको व्यवस्था समेत गरिने बताएका हुन् ।

उनले  भने, ‘हज यात्रा गर्ने यात्रुका लागि हामीले होटलको व्यवस्था गर्छौं । आउन जान प्लेनको सुविधा दिलाउछौं । खानबस्नका सुविधा भइहाल्छ, होटेलदेखि मक्का भन्ने मस्जिदसम्म गाडिको व्यवस्था हुन्छ । डाक्टरको आवश्यक्ता परे डाक्टर पनि उपलब्ध गर्नेछौं । ’

साथै नेपाल हज समितिले साउदी अरव सरकारको निर्णय अनुसार यस वर्षको हज यात्राका लागि खुला प्रतिस्पर्धा हुने जनाएको छ । अहिलेसम्म हज यात्राका लागि कति जना पठाउने भन्ने निर्णय नभएको हज समितिले जनाएको छ ।

हज समितिले सन् २०२५(हज १४४६)का लागि नेपालबाट १२ सय जनाको कोटा साउदी अरब सरकारले निर्धारण गरिसकेको जनाएको छ । यात्रा शुल्कका लागि पहिलो किस्ता स्वरुप प्रतिव्यक्ति ५० हजार रुपैंयाँ जम्मा गर्न समितिले सूचनामार्फत यसअघि नै जानकारी गराइसकेको छ । 

गृह मन्त्रालय अन्तर्गतको समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि बर्षेनी आवेदन माग्ने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार