मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

कांग्रेसमा आन्तरिक निर्वाचनमार्फत उम्मेदवार चयन गरौं : रानामगर

Ujyalosandeshonline 12334+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आन्तरिक निर्वाचन मार्फत उम्मेदवार चयन गर्न र एक व्यक्ति एक पदको अवधारणा अघि सार्नुपर्ने आवाज उठेको छ ।

महासमिति सदस्य प्रेमिका रानामगरले ११ बुँदे संशोधन प्रस्ताव प्रस्तुत गर्दै पार्टीभित्रबाट उम्मेदवार चयन गर्दा मनमौजी गरिएको, लोकतान्त्रिक अभ्यास नगरीएको, युवा पुस्तालाई निरुत्साहित गरिएको भन्दै क्रियाशील सदस्यहरुको मतदानमार्फत उम्मेदवार चयन गर्न विधानमा व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

उम्मेदवारको टुंगो निर्वाचन आयोगले निर्वाचनको मिति तय गरेको एक बर्षअघि नै टुंगो लगाउनुपर्ने औंल्याएकी हुन् ।

नेविसंघ केन्द्रीय सदस्य समेत रहेकी रानामगरले उम्मेदवार चयन वा सिफारिस गर्दा पार्टीका स्थानीय संरचनाहरुलाई जिम्मेवारी दिनुपर्ने पनि प्रस्ताव गरेकी छिन् । उनले हाल पार्टीमा वहुपदीय अवधारणाका कारण नेतृत्वविच टकराव बढेकाले एक पदको अवधारणा अघि बढाउनुपर्ने बताएकी हुन् ।

रानामगरले भ्रष्टाचार शुन्य सहनसिलता अपनाइनुपर्ने, प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित व्यवस्था, लाभका पद वितरणमा पहुँचका आधारमा नभइ योग्यता र क्रियाशीलतामा आधारमा गर्नुपर्ने माग अघि सारेको जानकारी दिइन ।

त्यस्तै उनले क्रियाशील नेता, कार्यकर्ताको कार्य सम्पादन मूल्यांकन गर्नुपर्ने, न्यायोचित अवसर प्रदान गर्नुपर्ने, भातृ संस्थाहरुको नियमित अधिवेशन गर्नुपर्ने, योग्यताका आधारमा संवैधानिक नियुक्ति गरिनुपर्नेलगायतका प्रस्ताव अघि सारेकी छिन् ।

महासमिति बैठक विहीबार सकिँदैछ । बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका थिए भने बुधबार ती प्रस्तावहरूमाथि महासमिति सदस्यहरूले धारणा राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार