मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’

Ujyalosandeshonline 12614+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अब आउने बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेश बादी उत्थान विकास समितिको दोस्रो सम्मेलनमा मुख्यमन्त्री भट्टले दलित समुदायमाथिको छुवाछूत अन्त्य गर्दै आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उद्देश्यले विशेष कार्यक्रम र योजना अघि बढाइने गरी तयारी भइरहेको  बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले दलित तथा बादी समुदायसहित गरिब, असहाय, महिला, बालबालिका, नवयुवा र सुकुम्वासी समुदायलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई गरिब, असहाय र ‘भुइँमान्छे’ को सरकारका रूपमा स्थापित गर्ने गरी सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राखेर बजेट निर्माणको भइरहेको उल्लेख गर्नुभयो ।

“प्रदेशको औचित्य पुष्टि हुने गरी बजेट निर्माण गरिरहेका छौँ । बादी समुदायलगायत भुइँमान्छेको पहिचान, आत्मसम्मान र अधिकार सुनिश्चित गर्नुपर्नेमा हामी सचेत छौँ । सामाजिक विभेद अन्त्य र सामाजिक न्यायका क्षेत्रमा विशेष योगदान पुग्ने गरी बजेट, नीति तथा कार्यक्रम बनाउँछौँ”, मुख्यमन्त्री भट्टले भन्नुभयो । 

देशमा अझै पनि असमानता, विभेद र छुवाछूत कायम रहेकाले यसको अन्त्यका लागि राज्यले अझ धेरै काम गर्न बाँकी रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । दसवर्षे जनयुद्धले दलित तथा बादी समुदायमाथि हुने विभिन्न प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै उहाँले समानता, सामाजिक न्याय र सम्मानमा आधारित समाज निर्माणका लागि राज्यको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै