मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |
मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |


खण्डहरमा परिणत छ कोशी प्रदेश

यज्ञप्रसाद सापकोटा 4+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

कोशी । कोशी प्रदेश हाल अशान्त र अस्तव्यस्त छ । सोमबार र मंगलबार दुई दिनसम्म चलेको जेनजी पुस्ताको आन्दोलनले यहाँका शहर, गाउँ, बजार, कार्यालय र घरहरूमा अकल्पनीय विनाश मच्चायो । आन्दोलनले उग्र रुप लिँदा प्रशासनदेखि राजनीति, शिक्षा, न्यायपालिका र सुरक्षा निकायसम्मका संरचना जलेर खरानी बने । प्रदेशका नागरिक आज आफ्नो अस्तित्वलाई नै जोगाउने भयावह परिस्थितिबाट गुज्रिरहेका छन् ।

सबैभन्दा बढी क्षति प्रदेशको प्रशासनिक मुटुमा पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, उच्च अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका थलोहरू जलेर खण्डहर बनेका छन् । यी संरचनाहरू केवल कार्यालय मात्र थिएनन्, प्रदेशको भविष्य तय गर्ने, जनताको आवाज सुन्ने र कानुन निर्माण गर्ने स्थान थिए । अब त्यहाँ केवल जलेको ढुङ्गा, पोलिएका फर्निचर र धुवाँको गन्ध मात्र बाँकी छ ।

इटहरी उपमहानगरपालिकाको हालत झन् भयावह छ । आन्दोलनकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयदेखि इलाका प्रहरी कार्यालयसम्म ध्वस्त बनाए । प्रशासनिक संरचना ध्वस्त भएपछि शहरमा कानुनको शासन होइन, त्रासको शासन देखिन्छ । प्रहरीलाई असहाय बनाउँदै भीडले हिरासत तोड्दा कैदीबन्दी र अभियुक्त सडकमा निस्किए, जसले सर्वसाधारणमा झन् ठूलो असुरक्षा र भय पैदा गरेको छ । 

विराटनगर, कोशी प्रदेशको एक मात्र महानगर, अस्तव्यस्त छ । सुन्दरहरैंचा नगरपालिका जलेर पूर्ण रूपमा ध्वस्त भएको छ । मोरङ, सुनसरी र झापाका दर्जनौं स्थानीय तहका कार्यालयहरू जलेर खरानी बनेका छन् ।  राज्यको सम्पत्ति मात्र होइन, सर्वसाधारणले निर्माण गरेका निजी सम्पत्तिहरू पनि सुरक्षित रहेनन् । भाटभटेनीजस्ता ठूला व्यापारिक संस्थानदेखि सामान्य पसलसम्म आगोको लप्काले निलेको छ ।

प्रदेशको पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले बनेको दमकस्थित भ्यू टावरसमेत जलेर ध्वस्त भयो । अब यो प्रदेशले पर्यटनमार्फत उभिन सक्ने सपना पनि खरानीमा परिणत भएको छ । अब यस्ता संरचना निर्माण हुनका लागि दशकौं लाग्ने कुरामा दुईमत नै छैन । 

राजनीतिक आस्था र ऐतिहासिक स्मृतिका थलोहरू पनि आन्दोलनको रापले बचेका छैनन् । नेपाली कांग्रेसले आफ्नो घर ठानेको विराटनगरस्थित कोइराला निवास अब खण्डहर छ । त्यस्तै नेकपा एमालेको विराटनगरस्थित कार्यालय जलेर खरानी भयो । राजनीतिक दलहरूको घर र कार्यालय जलेपछि यो आन्दोलन केवल राज्य वा सरकारविरुद्ध होइन, सम्पूर्ण लोकतान्त्रिक मूल्य र जनताका आशा–आकांक्षाविरुद्ध पनि भएको अनुभूति भइरहेको छ । 

प्रदर्शनकारीको आक्रमण नेताहरूको निजी निवाससम्म फैलियो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री रेवतिरमण भण्डारी, इटहरीका मेयरसहित विभिन्न स्थानीय तहका प्रमुख–उपप्रमुखका घरमा आगजनी भयो । यसले आन्दोलनको स्वरूपलाई अझै खतरनाक बनायो—निजी जीवनसम्म असुरक्षित भएको सन्देश दियो ।

अहिले सडकहरू अस्तव्यस्त छन्, कतिपय पसलहरू बन्द छन्, नागरिकहरू त्रसित छन् । दैनिक जीवन ध्वस्त छ । अभाव, आतंक र अनिश्चितताले कोशी प्रदेशका बासिन्दाको मन–मस्तिष्कलाई थिचिरहेको छ । मान्छे आफ्नै घरभित्र सुरक्षित छैनन् । कारागारबाट कैदीबन्दी भाग्दा, प्रहरी कमजोर हुँदा नागरिकले ‘अब हाम्रो सुरक्षाको जिम्मा आफैंले लिनुपर्छ’ भन्ने कठोर यथार्थ महसुस गरेका छन् ।

शासकको असक्षमताका कारण इटहरीमा दुई जनाको ज्यान नै गुमेको छ । देश नै शोक पीडामा डुब्दा मुलुुककै एक हिस्सा बनेको कोशी प्रदेशलाई गहिरो चोट परेको छ । विकासका सपनाहरू, जनताका आकांक्षाहरू र राज्यको आधारभूत संरचना—सबै आन्दोलनकारीले लगाएको आगोले खाइदिएको छ । यहाँका जनता शोक, त्रास र निराशाले भरिएका छन् ।

प्रदेश अहिले शून्यतामा छ । सरकार अस्तव्यस्त छ । सेना सडकमा छ । जनताले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने भयावह अवस्था छ । तर अझै पनि यहाँका नागरिकको मनमा एउटा प्रश्न तैरिरहेको छ । ‘के यो विनाशको खरानीबाट पुनः शान्ति, विकास र आशा जन्मन सक्छ ?’ यसको उत्तर यो दशकमा पुरा हुँने छाटकाँट पनि देखिँदैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार