मुख्य समाचार
संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ? | विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित | २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल | अन्ततः संसदीय छानबिन समिति गठनको सहमति | राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ |

गठबन्धन सरकारका कारण नागरिक भाडाका सेना हुन विदेश छिरेः जिफन्ट

Ujyalosandeshonline 2600+ समाचार ( )
२ पौष २०८०, सोमबार

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ७ लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाँदा देशमा १२ खर्ब मात्र रेमिट्यान्स भित्रिएको दावी गरेको छ । अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आइतवार आयोजित पत्रकार सम्मेलनमा जिफन्टले यस्तो दावी गरेको हो ।

आफ्नै केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले, नेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिट सार्वजनिक गर्दै ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स नेपाल भित्रिनु पर्नेमा १२ खर्ब मात्रै भित्रिएकोले हराइरहेको ३८ खर्ब हराइरहेको उपाध्यक्ष एवम् जिफन्ट विदेस विभाग प्रमुख रमेश बडालले बताए ।

जिफन्टले आइतवार सार्वजनिक गरेको प्रतिवेदनमा यस आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ नेपाली श्रमिकहरू बैदेशिक रोजगारीमा गएको उल्लेख छ । गत वर्षको तुलनामा २१.२ प्रतिशतले वृद्धि भएको भन्दै उनले हराइरहेको ३८ खर्ब खोज्नेतरि सरकार सुतिरहेकोले खबरदारी गर्नुपर्ने बताए । 

जिफन्टले सरकारको विश्वास नहुँदा श्रमिकहरूले बिप्रेसन नपठाएको हुनसक्ने भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरे । प्रत्येक वर्ष प्रवासी श्रमिक सम्बन्धमा अध्ययन गरिएको तथ्याङ्क सार्वजनिक गर्ने गरेको जिफन्ट महासचिव लक्ष्मण शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । जिफन्ट नेकपा (एमाले) निकट मानिएको मजदुर सङ्गठन हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार