मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

विदेशी पर्यटकमाथि हवाई क्षेत्रको लुट, सर्बोच्चले दियो कारण देखाउ आदेश

Ujyalosandeshonline 12611+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।  विदेशी पर्यटकहरुलाई हवाई कम्पनीहरुले चौगुणा भाडा थोपरेर लुट मच्चाईरहेको विषयमा सर्बोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । नवल सिंह रावल फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरी आदालतले राष्ट्रिय चासोको विषयमा सकारात्मक पहल लिएकोमा खुसि व्यक्त गर्दै सो जानकारीसमेत दिएको छ ।

फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले नेपाल सरकार र सारोकारवाला पक्षहरुलाई वर्षाैंदेखि ध्यानाकर्षण गराउँदा पनि नसुनेपछि अदालत जानु परेको र अदालतले सो विषयलाई सकारात्मक दिशामा अघि बढाएकोमा हर्षित भएको बताए । 

रावलले विगत २ वर्षदेखि अदालतमा कानुनी लडाई लड्दै आएको जनाउँदै भने, ‘विभिन्न नियकायहरुलाई ध्यानाकर्षण गराउँदा कसैले सुनेन्, त्यसैले अदालतको ढोका ढक्ढकाउन बाध्य भएँ, अब अदालतले सकारात्मक बाटो देखाएको छ ।’ सुरुमा सर्बोच्च अदालतमै मुद्दा हाल्दा तत्कालिन्, न्यायाधिश अनिल कुमार सिन्हाको एकल इजलाशले सो मुद्दालाई खारेज गरेको बताउँदै भने,‘अघिल्लो समयमा राम्रो नबुझी पूर्वाग्रही ढंगले खारेज गरियो त्यसपछि निराश भएँ, तर हार खाइन ।’

हालै माघ २२ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलाशले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, संस्कृति, पर्याटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, राष्ट्रिय सूचना आयोगका नाममा १५ दिने कारण देखाउ आदेश जारि गरेको रावलले बताए ।

अध्यक्ष रावलले अदालत जानु पूर्व नेपाल सरकार, पधानमन्त्री, पर्यटनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा पर्यटनमन्त्री, राजनीतिक दल, पर्यटनसँग सरोकार राख्ने संघसंस्थाका प्रमुख तथा प्रतिनीधी सबैलाई प्रमाणसहित भेट तथा निवेदन गर्दा कसैले नसुनेको आरोपसमेत लगाए । 

उनिहरुले विषय सकारात्मक भएको बताए पनि यो विषय नितान्त व्यक्तिगत तथा निजी भएको जस्तैः ब्यवहार गरेको बताउँदै भने,‘विदेशी पर्यटकहरुलाई नेपाल भित्राएर देशको समृद्धी तथा आर्थिक पाटोलाई मजबुत बनाउने कुरामा किन कसैको चासो भएन ? अचम्म लाग्छ ।’

अन्य क्षेत्रमा नेपाली नागरिक र विदेशी पर्यटकका लागि ऐन, निमावली बनाएर फरकफरक शुल्कको कानुनी व्यवस्था गरिए पनि, हवाई यातायातमा भने सरकारले कुनै मूल्य निर्धारण गरेको छैन, सोही अवस्थाको फाईदा उठाउँदै व्यवसयीले मनपरी गरिरहेको बताउँदै भने,‘एउटै प्लेनमा यात्रा गर्ने विदेशी र स्वदेशीलाई गरिएको विभेदले विश्वमा नेपालप्रति नकारात्मक  धारणा बनिरहेकोप्रति ध्यान किन नगएको ?’पछिल्लो समयमा २ हजारभन्दा बढी प्लेटफर्ममा नेपाल बारे विदेशीहरुले नकारात्मक प्रचार गरिरहेको र त्यसले पर्यटकहरु व्यापक घटिरहेको उनले जिकिर गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार