मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

विदेशी पर्यटकमाथि हवाई क्षेत्रको लुट, सर्बोच्चले दियो कारण देखाउ आदेश

Ujyalosandeshonline 11524+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।  विदेशी पर्यटकहरुलाई हवाई कम्पनीहरुले चौगुणा भाडा थोपरेर लुट मच्चाईरहेको विषयमा सर्बोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । नवल सिंह रावल फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरी आदालतले राष्ट्रिय चासोको विषयमा सकारात्मक पहल लिएकोमा खुसि व्यक्त गर्दै सो जानकारीसमेत दिएको छ ।

फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले नेपाल सरकार र सारोकारवाला पक्षहरुलाई वर्षाैंदेखि ध्यानाकर्षण गराउँदा पनि नसुनेपछि अदालत जानु परेको र अदालतले सो विषयलाई सकारात्मक दिशामा अघि बढाएकोमा हर्षित भएको बताए । 

रावलले विगत २ वर्षदेखि अदालतमा कानुनी लडाई लड्दै आएको जनाउँदै भने, ‘विभिन्न नियकायहरुलाई ध्यानाकर्षण गराउँदा कसैले सुनेन्, त्यसैले अदालतको ढोका ढक्ढकाउन बाध्य भएँ, अब अदालतले सकारात्मक बाटो देखाएको छ ।’ सुरुमा सर्बोच्च अदालतमै मुद्दा हाल्दा तत्कालिन्, न्यायाधिश अनिल कुमार सिन्हाको एकल इजलाशले सो मुद्दालाई खारेज गरेको बताउँदै भने,‘अघिल्लो समयमा राम्रो नबुझी पूर्वाग्रही ढंगले खारेज गरियो त्यसपछि निराश भएँ, तर हार खाइन ।’

हालै माघ २२ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलाशले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, संस्कृति, पर्याटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, राष्ट्रिय सूचना आयोगका नाममा १५ दिने कारण देखाउ आदेश जारि गरेको रावलले बताए ।

अध्यक्ष रावलले अदालत जानु पूर्व नेपाल सरकार, पधानमन्त्री, पर्यटनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा पर्यटनमन्त्री, राजनीतिक दल, पर्यटनसँग सरोकार राख्ने संघसंस्थाका प्रमुख तथा प्रतिनीधी सबैलाई प्रमाणसहित भेट तथा निवेदन गर्दा कसैले नसुनेको आरोपसमेत लगाए । 

उनिहरुले विषय सकारात्मक भएको बताए पनि यो विषय नितान्त व्यक्तिगत तथा निजी भएको जस्तैः ब्यवहार गरेको बताउँदै भने,‘विदेशी पर्यटकहरुलाई नेपाल भित्राएर देशको समृद्धी तथा आर्थिक पाटोलाई मजबुत बनाउने कुरामा किन कसैको चासो भएन ? अचम्म लाग्छ ।’

अन्य क्षेत्रमा नेपाली नागरिक र विदेशी पर्यटकका लागि ऐन, निमावली बनाएर फरकफरक शुल्कको कानुनी व्यवस्था गरिए पनि, हवाई यातायातमा भने सरकारले कुनै मूल्य निर्धारण गरेको छैन, सोही अवस्थाको फाईदा उठाउँदै व्यवसयीले मनपरी गरिरहेको बताउँदै भने,‘एउटै प्लेनमा यात्रा गर्ने विदेशी र स्वदेशीलाई गरिएको विभेदले विश्वमा नेपालप्रति नकारात्मक  धारणा बनिरहेकोप्रति ध्यान किन नगएको ?’पछिल्लो समयमा २ हजारभन्दा बढी प्लेटफर्ममा नेपाल बारे विदेशीहरुले नकारात्मक प्रचार गरिरहेको र त्यसले पर्यटकहरु व्यापक घटिरहेको उनले जिकिर गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार