रोल्पा दुर्घटना अपटेडः थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

Ujyalosandeshonline 11133+ समाचार ( )
१७ वैशाख २०८३, बिहीबार

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार  दुर्घटनामा परी रुकुम पुर्वका सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । उहाँको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार तथा खोजी कार्यमा खटिएको उहाँले बताउनुभयो । भौगोलिक विकटता, वर्षा भइरहेको तथा राति भइसकेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेका प्रहरी निरीक्षक थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार