मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

प्रधान सेनापतिको कार्यभार अशोकराज सिग्देललाई

Ujyalosandeshonline 12611+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले आज (बिहीबार) बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका छन् ।

जंगी अड्डामा आयोजित एक समारोहकाबीच सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ श्रावण १४ गतेको निर्णय बमोजिम कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने गरी अख्तियारी प्राप्त गरेका सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् ।

गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका प्रधान सेनापति महारथी शर्मा भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दै छन् । 

नेपाली सेनाको प्रचलित परम्परा अनुसार उनी शुक्रबारदेखि बिदामा बस्दै छन् । नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरू, रक्षा सचिव लगायत रथीबृन्द, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकलदर्जाको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यवहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरे । साथै, उनले सिग्देललाई सफल कार्यकालका लागि शुभकामना सहित बधाई समेत दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार