मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

१ सय ६२ बोरा चिनीसहित ट्रक भैरहवा भन्सारको नियन्त्रणमा

Ujyalosandeshonline 11506+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

भैरहवा । भैरहवा भन्सार कार्यालयले भन्सार छलेर भित्राइएको आंशकामा ठुलो परिमाणमा चिनी बरामद गरेको छ । साथै, चिनी लोड गरिएको एउटा ट्रक समेत नियन्त्रणमा लिएको जनाएको छ । शुक्रवार सिद्धार्थनगर –४ बाट लु २ ख २८८२ नम्बरको ट्रकमा करिब ५ लाख मूल्य बराबरको १ सय ६२ बोरा चिनी लोड गरी लैजान लागेको अवस्थामा चिनी सहित ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

एउटा बोरामा ५० किलो चिनी रहेकोले बरामद चिनी आठ हजार एक सय किलो छ । कार्यालयको टोली पुगे लग्त्तै ट्रक चालक साँचो सहित फरार भएको उनले बताए ।तस्करहरुले दैनिक थोरै परिमाणमा भन्सार छलेर भैरहवा बजारमा चिनी ल्याएर डम्प गर्ने र परिमाण धेरै भएपछि ट्रक मार्फत मुलुकको विभिन्न स्थानमा पठाउने गर्ने गर्दछन् । जस अनुसार कार्य गरिरहेको आशंकामा भन्सारले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको उक्त ट्रकमा महोत्तरी जिल्लाको एक सुगरमिलको नाम लिखित एक सय खाली बोरा, तौल मेसिन समेत बरामद भएको प्रमुख गौतमले बताए ।

‘भन्सार छलेर भित्राइएको चिनी ठुलो परिमाणमा अन्यत्र लगिदैछ भन्ने हामीलाई सूचना प्राप्त भएको थियो’ भन्सार प्रमुख गौतमले भने,‘जसअनुसार हामी सम्बन्धित स्थानमा पुग्दा भन्सार प्रज्ञापन पत्र/बिल बिजक केही नभएको अवस्थामा चिनी र ट्रक नियन्त्रणमा लिएका हौँ ।

’ उनले ट्रक र चिनीको दावी गर्न आउने फर्म/व्यक्तिसगँ आवश्यक कागजत लिएर जाँचबुझ गर्ने र कानुन बमोजिम नपाइए कारवाही प्रक्रिया अगाडी बढाइने बताए । पछिल्लो समय भन्सार छली विरुद्ध भैरहवा भन्सार कार्यालय आक्रमक रुपमा उत्रिएको छ । कार्यालयले भन्सार छलेर ठूलो परिमाणमा भित्राइएको विभिन्न साम्रगीहरु धमाधम गाडीसहित नियन्त्रणमा लिएर कारवाही अभियान चलाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार