मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु

यज्ञप्रसाद सापकोटा 4+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जिवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले मासिक दुई हजार पाँच सय रुपैयाँ जीवन निर्वाह भत्ता दिन थालेको हो । 

द्वन्द्वमा शहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट एक महिला भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिको श्रीमतीले एकल महिला भत्ता नपाउने हुँदा नगरपालिकाले नै कार्यविधि बनाइ जीवननिर्वाह भत्ता दिन थालेको हो । 

नगरपालिकाले हाल आठ जना महिलालाई भत्ता दिन सुरु गरेको ठाकुरबाबा नगरपालिकाकी  उपप्रमुख बिना भट्टराईले बताईन् । उनले बेपत्ताका श्रीमतीलाई थोरै भएपनि घर चलाउन सहज हुने बताईन् ।  

तीन बर्ष यता राजापुर नगरपालिकाले पनि बेपत्ता पारिएका व्यक्तिको श्रीमतीलाई मासिक दुई हजार जिवन निर्वाह भत्ता दिँदै आएको थियो । ठाकुरबाबा नगरपालिकाले जिवननिर्वाह भत्ता दिएसँगै बर्दियाका आठ ओटा पालिका मध्ये दुई ओटा पालिकाले बेपत्ताका श्रीमतीलाई जिवननिर्वाह भत्ता दिन थालेका हुन् । सरकारले बेपत्ताका श्रीमतीलाई जीवन निर्वाहका लागि व्यवस्था नगरेको हुनाले नगरपालिका आफैले दिनु परेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए । 

सरकारले  द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तीका परिवारलाई जिविकोपार्जनका लागि नयाँ कार्यक्रम र स्पष्ट नीति बनाउनुपर्ने उनको भनाई छ । बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका अनुसार बर्दिया जिल्लामा दुई सय ६१ जना व्यक्ती बेपत्ता पारिएको भन्दै परिवारले उजुरी दिएका छन् ।  नेपाल भरीमा २६ सय भन्दा बढि व्यक्ति बेपत्ता पारिएको उजुरी दर्ता भएको आयोगको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार