मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


नवलपरासीको सरावलमा थारु सांस्कृतिक पार्क: स्थानीयको सक्रियता र सरकारी लगानीले पूर्वाधार विकास तीव्र

बेचु गौड 9+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

परासी । नवलपरासीको सरावल गाउँपालिका–२ मनरीमा स्थानीयवासीको सक्रियतामा सुरु भएको थारु सांस्कृतिक पार्कमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ। संघीय सरकारको लगानीमा थारु एकेडेमीसहित दुईवटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने स्थानीय सरकार र समुदायको समेत उल्लेख्य योगदान रहेको छ ।

पार्कको परिकल्पना र विकास:

शुरुमा चरन क्षेत्र रहेको यस स्थानमा स्थानीय बासिन्दाले वृक्षारोपण गरी संरक्षणको काम थालेका थिए। स्थानीयको यही सक्रियताले अहिले यो क्षेत्र पार्कमा परिणत हुन थालेको छ, जसले गर्दा स्थानीयमा उत्साह छाएको छ। गाउँपालिका अध्यक्ष सुखाडी चौधरीका अनुसार पार्कको पूर्वाधार विकासका लागि लगानी हुन थालेपछि यसले मूर्त रूप लिने क्रममा छ। स्थानीयबासीको माग अनुसार काम हुन थालेपछि उत्साहित भएका स्थानीय सञ्जय मौर्यले थारु सांस्कृतिक पार्कले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई पर्यटन प्रवर्द्धनका साथै स्थानीय गाउँलाई पनि पहिचान दिलाउने विश्वास व्यक्त गरे।

आर्थिक सहयोग र पूर्वाधार निर्माण:

दुई वर्षअघि सरावल गाउँपालिकाले पार्क व्यवस्थित गर्न १० लाख लगानी गरेको थियो। त्यस्तै, दुई वर्षदेखि सोही पार्कमा खिचडी (माघे संक्रान्ति) को अवसरमा थारु सांस्कृतिक महोत्सव पनि हुँदै आएको छ। गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारी संघीय सरकारसँग बजेट माग गरेको थियो। सोही क्षेत्रका संघीय सांसद ध्रुवबहादुर प्रधानको पहलमा संघीय सरकारबाट पनि बजेट विनियोजन भएर अहिले दुईवटा भवन निर्माण भइरहेका छन्।

अध्यक्ष चौधरीका अनुसार, पार्कमा दुई खण्डमा काम भइरहेको छ। ६५ लाख बराबरको एउटा संरचना र ४५ लाख बराबरको अर्को पूर्वाधार निर्माण भइरहेको छ, जुन अन्तिम चरणमा पुगेको छ। यसबाहेक, पार्कमा पुग्नका लागि स्थानीय घोलमा पुलको निर्माण सम्पन्न भइसकेको छ र पार्कस्थल तारजालीले बार लगाउने कार्य पनि भइरहेको छ।

स्थानीय महिलाहरूको भूमिका र भविष्यको योजना:

विगतमा वृक्षारोपण गर्दै अगाडि सरेका मनरीका थारु महिलाहरूले पछि रुखबिरुवाको सजावट गर्दै पार्क निर्माणमा क्रियाशीलता देखाएका थिए। गाउँका विभिन्न सांस्कृतिक समूहहरू पनि यस काममा संलग्न छन्। उनीहरूको निस्वार्थ भावको काम र सरकारी लगानीले यस वृक्षारोपण क्षेत्रलाई एक सुन्दर र मनमोहक पार्कमा रूपान्तरित गर्न योगदान पुगेको छ।

हुलाकी राजमार्गदेखि ७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधीन यस पार्कलाई आकर्षक बनाउन गाउँपालिकाले विशेष चासो लिएको छ। थारु समुदायको संस्कृति र संस्कार झल्किने गरी यस पार्कमा जन्मदेखि मृत्युसम्मका संस्कार र संस्कृति झल्काउने पूर्वाधारहरू निर्माण गरिनेछन्। करिब ८ बिघा जग्गामा फैलिएको यस पार्कमा अधिकांश भागमा वृक्षारोपण भएको छ र रुखहरू हुर्किसकेका छन्। वरिपरि कुलो, खोला र जलाशयसमेत रहेकोले पार्कका लागि आधा संरचना तयार भइसकेको मानिएको छ।

यस पार्कभित्र मिनी जू बनाउने र मेला महोत्सव आयोजना गर्ने योजना पनि छ, जसले गर्दा पार्क नियमित सञ्चालनका लागि सहज हुनेछ। अध्यक्ष चौधरीले यस पार्कलाई जिल्लाभित्रकै लागि आकर्षणको केन्द्रबिन्दु बनाउने विश्वास व्यक्त गरेका छन्, किनकि जिल्लामा अन्यत्र कतै पनि थारु सांस्कृतिक पार्क छैन।

पार्कलाई नै लक्षित गरी नजिकै स्थानीय नागेन्द्र चौधरीले आफ्नो निजी करिब १० कट्ठा जग्गामा रिसोर्ट समेत सञ्चालन गरेका छन्। यस पार्कको परिकल्पना थारु समुदायसँगै अन्य समुदायले पनि थारु संस्कृतिबारे अध्ययन अनुसन्धान गर्न, मनोरञ्जन गर्न र शान्त मनोरम दृश्यावलोकन गर्न सकुन् भन्ने उद्देश्यले गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार