मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

शिक्षक माग गर्दै बिद्यार्थीद्वारा गाउँपालिका विरुद्ध नाराबाजी

Ujyalosandeshonline 11042+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

भैरहवा । शैक्षिक सत्र सुरु भए देखि नै गणित र विज्ञान विषयको शिक्षक नपाएको भन्दै रोहिणी गाउँपालिकाको नवजिवन आधारभूत विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । 

परिक्षा नजिकै जादा विद्यार्थीहरुको तनाव पनि बढ्दै गएको छ । आजित भएका विद्यार्थीहरुले शुक्रबार प्रधानअध्यापकलाई कार्यालयमै थुनेर शिक्षक माग गर्दै गाउँपालिका विरुद्ध नाराबाजी समेत गरेका छन् । रोहिणी गाउँपालिका वडा नम्बर ४ तरकुलहामा रहेको नवजिवन आधारभूत विद्यालयमा बैशाख देखि नै गणित र विज्ञान विषयको शिक्षक छैनन् । 

कक्षा ६, ७ र ८ का बिद्यार्थीहरु अहिले गणित र विज्ञान विषयको परिक्षा कसरी दिने विषयमा चिन्तित छन् । विद्यार्थी लक्ष्मण गुप्ताले परिक्षा नजिकिदै जादा तनाव भएको बताए । “विद्यालय व्यवस्थापन समिति, प्रधानअध्यापक र स्थानिय सरकार बिच अस्वस्थ्य राजनितिको मार हामी विद्यार्थीहरुले खेप्नु परेको छ ।” उनले भने  “हामी विद्यार्थी हौं अहिले सम्म जेनतेन आफै अध्ययन गर्दै आएका छौ, परिक्षा नजकिदै जादा पनि स्थानिय सरकार शिक्षक पठाउन गम्भिर नभएकोले आन्दोलिन हुनु परेको हो ।”

गुप्ताका अनुसार अब परिक्षा आउन २ महिना पनि बाँकी छैन तर अहिले पनि शिक्षक आउने नआउने टुङ्गो छैन । 

विद्यार्थीहरुले दावी गरे जस्तै विद्यालयमा राजनिति नवजिवन आधारभूत विद्यालयमा मात्र नभई रोहिणी गाउँपालिकाको प्राय सबै विद्यालयमा छ । राजनैतिक खिचातानीका कारण पालिकाका अधिकांश विद्यार्थीहरुले मार खेप्नु परेको छ । 

बैशाख महिनामै शिक्षिका चन्द्रकला लम्सालले राजीनामा दिए पछि नवजिवनमा यो समस्या सुरु भएको हो । रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु घिमिरेका अनुसार शिक्षक खाली भए पछि सो विद्यालयमा शिक्षक आपूर्ति गर्न सरुवा विज्ञापन माग गरिएको थियो । “सुरुमा पहिलो वरियताका नेबुल बरई विद्यालयमा आउन खोज्नुभएको थियो, तर विद्यालय व्यवस्थापन समितिले सो को फाईल नै अगाडी बढाई दिएन ।” घिमिरेले बताए “पछि दोश्रो वरियतामा पर्नुभएका गंगाराम यादवको नाम आए पनि त्यसको फाईल पनि अहिले सम्म अगाडी बढ्न सकेको छैन ।”

घिमिरेले पनि राजनैतिक खिचातानीको मार विद्यार्थीहरुमा परेको भन्दै चिन्ता ब्यक्त त गरे तर यो शैक्षिक सत्र अब केही हुन नसक्ने पनि बताए । उनका अनुसार अब जो शिक्षक आएपनि पाठ्यक्रम पुरा हुन नसक्ने भएकोले विद्यार्थीहरु आफुले पढेकै भरमा परिक्षा दिनुपर्नेछ । 

नवजिवन आधाररभूत विद्यालयका प्रधानअध्यापक जर्नादन यादवले अहिले विद्यालयमा बिज्ञान र गणित विषयको उत्तर पुस्तिका जाँच गर्ने शिक्षक पनि नभएको बताए । “रामनरेश माध्यमिक विद्यालयबाट आर मोहम्मद काज सरुवा भएर यो विद्यालयमा आउनु भएको थियो, कार्तिक ६ गतेबाट उहाँ पनि सोही विद्यालयमा फर्किनुभएको छ ।” प्रअ यादवले भने “उहाँका सट्टा आउनु पर्ने भानु शंकर कोहार विद्यालयमा नआउदा गणित र बिज्ञान बिषयको अध्यापन अनिश्चित बनेको  छ ।”

प्रतिक्रिया

manish gosain १९ पौष २०८१, शुक्रबार

Goupalika adkshy jyu ali dhyan puryaunu paryo

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार