‘विमानस्थलबाट विदेशिएको देख्नेले सिमानाबाट बाहिरिनेको लस्कर किन नदेखेको ?’

Ujyalosandeshonline 12325+ समाचार ( )
१४ चैत्र २०८०, बुधवार

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने लस्कर देख्नेले खुला सीमाबाट वाहिरिने नेपालीको लस्कर देख्न नसकेको गुनासो गरेका छन् ।

बुधबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा बोल्दै उनले विमानस्थलमा विदेशिनेको लस्कर देख्नेले खुल्ला सिमानाबाट बाहिरीने नेपाली लस्कर देख्न नसकेको भन्दै खुल्ला सिमानाबाट बाहिर जाने नेपालीहरुको समाचार बनाएर सरोकारवालाको ध्यानाकर्षण गराउन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका उनले भने,‘सामाजि सञ्जालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने लस्करको तस्वीरहरु हामी थुप्रै देख्न सक्छौं । तर हाम्रो खुल्ला सिमाना भएको कारण त्यहाँबाट थुपै नेपाली बाहिर गइरहेको तस्विरहरु हामी देख्न सक्दैनौं । त्यसैले मेरो अनुरोध छ सञ्चारकर्मीहरुलाई खुल्ला बोर्डरबाट बाहिर जाने नेपालीहरुको लावालस्कर पनि हामीले समाचार बनाउन सक्यौं भने नीति निर्माताहरु झस्किन सक्छन् ।’

उनले काठमाडौंमा बसेर नेतृत्व गर्ने र सिंहदरबारमा बसेर फाइलहरु बनाउँदै गर्दा भूगोललाई भने बुझ्न नसकेको धारणा राखे । कर्णालीको शिक्षा, बेरोजगार र दुःखमा मात्र बहस नगरी त्यहाँको सम्भावनाहरु रोजगारी सृजना हुनसक्ने त्यहाँका अथाह जडीबुटीहरुलाई चिन्न सक्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार