काठमाडौं । गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरुलाई चाडपर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवाला सँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले भने,‘कामको परिभाषा परिवर्तन भएको छ । काम परिणाममा हुने हो । काम हामी सबैले गरिरहेका छौं । तर, लक्षित परिणाम हासिल भएन । यो चिन्ताको विषयहो । दुर्घटना न्यूनीकरण कसरी गर्नेहो ? दिनमा ७ जनाको मृत्यु हुन्छ । दैनिक ४) जना घाइते हुनु भएको छ । यसका पछाडि कही न कही कमजोरी भएको छ ।’
उनले यातायाता व्यवसारीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई जिम्मेवारी पूर्कक काम गर्ने निर्देशन समेत दिए । ‘दुर्घटना एकदमै बढ्यो । यो भएन । सडक सुरक्षा परिषद, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्नचाहन्छु । आगामी २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ । मलाई परिणाम चाहिन्छ’उनले भने ।
छलफलमा गृहमन्त्री लेखकले घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाडपर्वमा विशेष व्यवस्था मिलाउन निर्देशन दिए । ‘काउन्टर खोल्ने, टिकट वितरण गर्ने र रात्री बसमा दुई जना चालक राख्नु पर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नु पर्छ । एक महिना पहिला चाडपर्वको तयारी गर्दा नागरिकलाई राम्रो सेवादिन सकिन्छ,’उनले भने ।
सरकार र निजी क्षेत्रकामान्छे बसेर आपसमा समन्वय गरी सेवा प्रवाह प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन छ । ‘आजको २० दिन पछि चाडपर्वका लागि टिकट काट्ने व्यवस्था मिलाउनु होस् । एक दिनमा कति बस काठमाडौं बाहिर पठाउन सकिन्छ ? कसरी व्यवस्थित गर्न सकिन्छ ?चाडपर्व भरी यो कुरा गर्न जरुरी छ । सार्वजनिक यायातात सुव्यवस्थित बनाउनु होस् । यो पालिको दसैंमा दुर्घटना रहित बनाऔं ।