मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

'मोदीबेनी'का कलाकारहरू द्वारा बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ

Ujyalosandeshonline 12617+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

काठमाडौं । श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा ¥याफ्टिङको शुभारम्भ गरेका छन् ।

नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार ¥याफ्टिङको शुभारम्भ भएको हो । 

थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले ¥याफ्टिङ गरेका थिए । अभिनेत्री वर्षा सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन् । 

त्यस्तै, अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौंमा नै ¥याफ्टिङको मज्जा लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकको लागि पनि आकर्षण हुन सक्ने बताए । 

बागमती सभ्यतालाई बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा ¥याफ्टिङको आयोजना हुने गर्छ, जहाँ सयौँ जनाले एकसाथ ¥याफ्टिङ गर्ने गर्छन्। आइतबारदेखि थापाथली देखि चोभारसम्म सर्वसाधारणले पनि ¥याफ्टिङ गर्न पाउनेछन्। यसको लागि विद्यार्थीलाई पाँच सय र अन्यलाई नौ सय रुपैयाँ तोकिएको छ । 

काठमाडौंमा पनि ¥याफ्टिङ नियमित हुनु भनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताए । 

शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ । 

चलचित्रमा दीपेन्द्र गौतम ९माइकल०को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार