मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नीतिगत सुधार गरे नेपाल विश्वमै ‘प्राविधिक हब’ बन्नसक्ने

Ujyalosandeshonline 11768+ समाचार ( )
१ असार २०८१, शुक्रबार

लन्डन । नेपाली सूचना प्रविधि उद्यमीहरुले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरुले सहयोग गरेमा नेपाल विश्वमै एक ‘प्राविधिक हब’को रुपमा उदाउन सक्ने बताएका छन्।

‘लन्डन टेक विक २०२४’ मा भाग लिन बेलायत आएका नेपाली नेपाली सूचना प्रविधि उद्यमीहरुको सम्मानमा नेपाली दूतावासद्वारा आयोजित एक समारोहमा बोल्दै नेपाल एसोसियसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास आइटी)का अध्यक्ष रिचन श्रेष्ठले नेपालमा वर्षेनी दश हजार आइटी स्नातक उत्पादन भइरहेको बताए।

उनले नेपालमा अहिले दुईहजार भन्दा बढी आइटी कम्पनीहरुमा ७० हजार बढी जनशक्ति कार्यरत रहेको बताए । 

उनले नेपालको कूल विदेशी मुद्रा आर्जन मध्ये साढे चार प्रतिशत आइटी क्षेत्रबाट प्राप्त भइरहेको र आइटी क्षेत्रबाट हुने निर्यात मध्ये झन्डै ६० प्रतिशत अमेरिकामा निर्यात भइरहेको बताए। उनले सन् २०३५ सम्ममा आइटीसेवाजन्य  निर्यातलाई बढाएर झन्डै दुइ अर्ब अमेरिकी डलर पुर्याउन सकिने सम्भावना रहेको पनि बताए। 

युकेमा मुख्यालय रहेको आइटी परामर्शदाता कम्पनी जेनेस सोलुशनका संस्थापक तथा मुख्य कार्यकारी अञ्जनी फुयाँलले नेपाली सूचना प्रविधि उद्यमीहरुका सफलताका थुप्रै कथा रहेका तर तिनलाई नेपाल सरकारले उपयुक्त नीति नियम बनाएर सघाउनु पर्ने बताए। 

उनले गुगल, माइक्रोसफ्ट, अमेजनजस्ता ठूला प्रविधि कम्पनीहरुले नेपालका शैक्षिक संस्थालाई सघाई रहेको बताए।  उनले कतिपय विषय ब्रिटिश विश्व विद्यालयहरुमा पढाइ नहुने कतिपय विषय अहिले नेपालमा पढाइ भइरहेको पनि जनाए।

‘नेपाली प्रविधि क्षेत्रको लागि अहिले निकै आशाप्रद समय हो र यो अवसरलाई प्रतिफलमा बदल्न  नेपाल सरकार, प्राज्ञिक क्षेत्र तथा सूचना प्रविधि उद्यमीहरुले अरु निकट सहकार्य गर्नुपर्छ,’ उनले भने।  

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन नेपाल सरकारले यो वर्षको बजेटमा थुप्रै घोषणाहरु गरेको स्मरण गरे। उनले नेपाली प्रविधि कम्पनीहरुलाई बेलायतको स्वास्थ्य, आतिथ्य तथा सरकारी क्षेत्रमा पनि आइटी सम्बद्ध सेवा निर्यात गर्नसक्ने ठूलो सम्भावना रहेको र त्यसमा सघाउन नेपाली दूतावास तयार रहेको पनि बताए।

नेपाल सरकारले हालै आउँदो दशकलाई सूचना प्रविधि दशकको रुपमा मनाउने घोषणा गर्नुका साथै आउँदो दस वर्षमा आइटी निर्यातबाट तीस खर्ब रुपैंयाँ आम्दानी गर्ने लक्ष सार्वजनिक गरेको थियो। कार्यक्रममा ‘लन्डन टेक विक’मा सहभागी हुन हाल बेलायत आएका उद्यमीहरु तथा बेलायतमा कार्यरत उद्यमीहरुको सहभागिता रहेको थियो।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार