उध्योग व्यपार संगठन १९ औ वर्षमा
३ गते चेम्बर क्रीकेट च्यालेन्ज प्रतियोगिता

Ujyalosandeshonline 6414+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

भैरहवा । भैरहवामा रहेको उध्योग व्यपार संगठन १९ औ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवस संगठनले विभिन्न कार्यक्रम गरि मनाउदै छ । 

स्थापना दिवसकै अवसर पारेर संगठनले क्रीकेट प्रतियोगिताको आयोजना गर्दैछ । व्यवसायी र उध्योगीहरु विच खेलकुदको माध्यमबाट भातृत्वको भावना विकास गर्ने उद्देश्य सहित क्रीकेट प्रतियोगिताको आयोजना गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिए । 

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक धिरज मल्लिकले सिद्धार्थ क्रीकेट रंगशालामा फागुन ३ गते आयोजना गरिने बताए । “चेम्बर क्रीकेट चैलेन्ज २०८१” नाम दिइएको उक्त प्रतियोगितामा ८ वटा उध्योगी प्रतिष्ठानको सहभागीता गराइने छ । प्रत्येक टीममा ८ सदस्य रहे पनि ६ जना मात्र खेल्ने र २ जना अतिरिक्त खेलाडीको रुपमा रहने छन । ५ ओभरको खेल खेलाइने छ ।

स्थापना दिवसकै अवसर पारेर संगठने आफ्ना पूर्व अध्यक्षहरुलाइ सम्मान गरेको छ । संगठनका संस्थापक अध्यक्ष मनिष कुमार जोशी, पूर्व अध्यक्षहरु खिम बहादुर खत्री, नारायण नारायण प्रसाद भण्डारी र निवर्तमान अध्यक्ष अनिल ज्ञवालीलाइ सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष मनिष कुमार जोशीले स्थापन दिवसको अवसरमा शुभकामना दिदै ६ जनाबाट सुरु गरिएको साना माझौला उध्योग संगठन धेरै संघर्ष गरेर आजको अवस्थामा पुगेको बताए । उनले नया सोचका साथ आवद्द संगठनका सदस्यहरुलाइ पुराना सदस्यहरुको सल्लाह र सुझाव लिएर अगाडी बढ्न आग्रह गरे ।

संगठनका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षतामा तथा कार्यक्रम संयोजक धिरज मल्लिकको स्वागतमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा पूर्व अध्यक्ष खिम बहादुर खत्री, नारायण प्रसाद भण्डारी, आनिल ज्ञवालीले बोलेका थिए । कार्यक्रमको सन्चालन संगठनकी महासचिव लक्ष्मी अधिकारीले गरेकी थिइन । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै