मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

बेइमानी गर्ने नियतले गैरसहकारी तत्वहरु घुसेका कारण सहकारीप्रति निष्ठा रहेन : प्रधानमन्त्री

Ujyalosandeshonline 12490+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले सहकारीमा प्रवेश गरेका कारण केही सहकारीहरुमा समस्या उत्पन्न भएको बताएका छन् । 

बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी सञ्चालन गर्न नजानेर नभई गैरसहकारी तत्वहरु सहकारीमा घुसेका कारण सहकारीहरुप्रतिको निष्ठा नरहेको बताएका छन् । वर्तमान सरकार सहकारीमा देखिएका सबै समस्याहरुको समाधान गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको दाबी छ । 

उनले भने, ‘सहकारी अचानक ठुला भए । सहकारीका मूल्य मान्यता अनुसार चलेनन् । सम्पुर्ण सहकारी बचतकर्ताको विश्वास कम गर्ने प्रवृति हावि भयो । हुन त हजारौं सहकारीमध्ये केहीमा समस्या भएको हो । गैरसहकारी तत्वहरु सहकारीमा घुसे । सहकारीहरु गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरे । त्यसले सहकारी प्रतिको निष्ठा रहेन । सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरु प्रवेश गरे । अब सबै सहकारीहरुमा देखिएका समस्याहरु समाधान गरेर अगाडि बढ्छौं । अगाडि बढाउनुपर्छ ।’

हजारौंमध्ये केही मात्र सहकारीहरुमा समस्या देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभर सहकारीको सञ्जाल विस्तार गरेर लैजानुपर्ने उनको भनाइ थियो । त्यस्तै, उनले उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगहरुको स्थापनासँगै सेवा क्षेत्रमा नविन सोचका साथ अगाडि बढ्न अनुकुल वातावरण बनेको बताए । 

‘विभिन्न क्षेत्रमा स्टार्टअप अगाडि बढाएर लैजानुपर्छ । उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगहरुको स्थापना र अन्य क्षेत्रहरुबाट काम अगाडि बढाउने र सेवा क्षेत्रलाई गति दिनका लागि नविन सोचका साथ नयाँ भावनाका साथ अगाडि बढ्न आवश्यक रहेको छ । स्टार्टअपका लागि अनुकुल वातावरण बनेको छ,’उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार