मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

सत्ता सञ्चालकहरु फासिजमतिर उन्मुख छन् : विप्लव

Ujyalosandeshonline 12320+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

काठमाडौं । नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताए । आइतबार काठमाडौमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेको समेत ठोकुवा गरे ।

विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरु गहन अध्ययनका साथ आएको बताउँदै उक्त पुस्तक खासगरी युवालगायत यो आन्दोलनमा रहेकाहरुले अनिवार्य पढ्नुपर्ने बताए ।  विप्लवले वर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै वर्तमान सत्ता र यसका सञ्चालकहरु फासिजमतिर उन्मुख भएको आरोप लगाए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ पुनर्गठनबिना क्रान्ति सम्भव नभएको बताए । कट्टेलले सार्वजनिकीकरण गरिएका दुई पुस्तकले त्यसमा पनि कम्युनिस्ट जनवादले नेपाली क्रान्तिको आधार पक्रेको बताए । उनले कम्युनिस्ट समाजवाद र कम्युनिस्ट जनवाद एक आपसका विरोधी बिचार नभएको, कम्युनिस्ट क्रान्तिबाट नै कम्युनिस्ट समाजवादमा पुगिने मार्गचित्र स्पष्ट रहेको तथ्यमा जोड दिए ।

कम्युनिस्ट जनवाद पुस्तकका लेखक भट्टले उत्पादन प्रणाली परिवर्तनबिना व्यवस्था परिवर्तन नहुने बताएका छन् । उनले भने,‘नेपालमा आजसम्म भएको परिवर्तनले उत्पादन प्रणाली बदल्न नसक्नु र राजनीतिक सम्बन्ध मात्रै बदलिएकाले हरेक संघर्ष मात्रात्मक परिवर्तनमा गएर टुङ्गीयो र गुणमा परिवर्तन गर्न सकेन, जसका कारण समाजमा दिशाहिनता र विकृति मौलायो ।’

कम्युनिस्ट समाजवादका लेखक खेम थपलियाले आज आन्दोलन विभिन्न समाजवादी सिरामा विभाजित भएको सन्दर्भमा यो पुस्तकले सहिमर्गदर्शन गर्ने बताए । भूँडीपूराण प्रकाशनका प्रवन्ध निर्देशक केशव प्रसाद पराजुलीले पछिल्लो समयमा राजनीतिक दलका नेता कार्यकर्ताहरुले पुस्तकहरु पढ्न छाडेको बताए । यी दुइवटा महत्वपूर्ण पुस्तक भने सबैले पढ्न आग्रह गरे ।

टिप्पाँणीकर्ताद्वय रामबहादुर बुढा र कृष्ण वाग्ले ‘रुपेस’ले कम्युनिस्ट जनवाद र कम्युनिस्ट समाजवाद आपसमा विरोधी विचार नभएको बताएका छन् । उनीहरुले पछिल्लो समयमा यी विचारहरुलाई एकआपसमा विरोधीको जस्तो ब्यवहार गरिएको बताए । समाज विकास जहिले पनि श्रृङखलामा हुने पनि बताए ।

यी पुस्तकले नेपाली कम्युनिस्ट आन्दोलनमा रहेका भ्रमहरुलाई सच्याउन र अगाडि बढ्न सघाउ पुग्ने विश्वास गरे । कार्यक्रमा नेकपाकाउपाध्यक्ष आरबी भण्डारी, डा.भगवानचन्द्र ज्ञवाली, अर्थशास्त्री प्रा.डा.केसबराज खड्का, इच्छुक संस्कृतिक प्रतिस्ठानका सदस्य सचिव मोदनाथ मरहट्ठा, सरला रेग्मीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार