मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

उत्कृष्ट काम गर्ने कम्प्युटर अपरेटर युवराज घिमिरे सम्मानित

Ujyalosandeshonline 12614+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्यरत कम्प्युटर अपरेटर युवराज घिमिरे उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन् । कम्प्युटर पदमा रही उच्च मनोबलका साथ दायित्व सम्पन्न गरेको भन्दै निजामती सेवा दिवस २०८१ को अवसरमा उनलाई सम्मान गरिएको हो ।

निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको परिसम्वाद कार्यक्रममा घिमिरेलाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो । उनलाई लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल सम्मान गरेका थिए ।

आर्थिक वर्ष २०८१/०८२ को लागि घिमिरेलाई उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । कार्यक्रममा रुपन्देहीबाट निजामती सेवा पुरस्कारका लागि छनौट भएका उच्च अदालत तुलसीपुर बुटवलका इजलास अधिकृत कृष्णप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार