मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

रुपन्देही प्रहरीको चेतावनी: 'मुद्दा मिलाइदिन्छु भन्नेलाई छोड्दैनौँ', एक जना पक्राउ

Ujyalosandeshonline 11506+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले प्रहरी हिरासतमा रहेका थुनुवालाई छुटाइदिने झुटो आश्वासन दिएर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं. ३ का ३३ वर्षीय कैश मोहम्मद साई उर्फ "गुड्डु खान" रहेका छन्।

प्रहरीका अनुसार, खानले हिरासतमा रहेका व्यक्तिहरूका आफन्तलाई सम्पर्क गरी रिहाइको प्रलोभन देखाएर पटक-पटक गरी ४५,००० रुपैयाँ लिइसकेको र थप ३,००,००० रुपैयाँ माग गरिरहेको गोप्य सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा अनुसन्धान र खोजतलास गर्ने क्रममा खानलाई शनिबार साँझ करिब ५:३० बजे सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले खानको साथबाट नगद १५,००० रुपैयाँ र एक थान मोबाइल बरामद गरेको छ। साथै, उनको बा १४ च ७८६ नम्बरको गाडी पनि नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका खानउपर ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रदिप बहादुर क्षेत्रीले आपराधिक गतिविधिमा संलग्न कसैलाई पनि नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, "प्रहरीको नाममा पैसा खाने, पीडितसँग पैसा खाने र मुद्दा मिलाइदिन्छु भन्ने जो कोही होस्, छोडदैनौँ, कारबाही हुन्छ।"

एसपी क्षेत्रीले आम नागरिकलाई प्रहरी सेवा लिन कुनै पनि किसिमको भनसुन वा सोर्सफोर्स आवश्यक नपर्ने बताउँदै कुनै समस्या परेमा सिधै आफूलाई वा जिल्ला अन्तर्गतका प्रहरी प्रमुखलाई सम्पर्क गर्न आग्रह गर्नुभयो। "प्रहरी तपाईँकै सेवामा छ, निर्धक्क भएर आफ्नो समस्या राख्नुहोस्," उहाँले भन्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार