मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिनेछौं : माधव नेपाल

Ujyalosandeshonline 11005+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हाम्रो समाजमा वर्गीय समस्या र जातिय समस्या अझैं रहेको बताएका छन् । नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालको जातिय समस्या, भेद्भावको समस्या, असमानताको समस्या, पछौंटेपनको समस्या हटाउँदै सिंगो मानव जाति एक हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिलेको नेपाली समाजमा दुई किसिमका समस्याहरु छन् । एउटा वर्गीय समस्या अर्को जातिय समस्या । हामी क्रान्तिकारी हामी कम्युनिष्टहरुले वर्गीय समस्यालाई, वर्गीय अन्तर विरोधलाई, वर्गीय शोषण र उत्पिडनलाई कसरी हल गर्ने भन्ने कुरामा पनि ध्यान पुर्याउँछौं । सँगसँगै जातिय उत्पिडनलाई, जातिय दमनलाई, जातिय भेद्भावलाई पनि हामी उत्तिकै महत्व दिन्छौं । यी दुईटै समस्याले हाम्रो समाज ग्रस्त छ । नेपालको जातिय समस्या, भेद्भावको समस्या, असमानताको समस्या, पछौंटेपनको समस्या हटाउनुपर्छ । सिंगो मानव जाति एक हुनुपर्दछ ।’  

साथै उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए। नेपालले वर्तमान राजनीतिक परिस्थितिमा राजावादी शक्तिहरू पुनः सक्रिय हुन खोजेको बताए । उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टी आफ्नो तरिकाबाट भूमिका खेलिरहेको छ । अहिले राजावादी शक्तिहरुले टाउको उठाउन खोजेका छन् । झण्डै उनीहरु हावी होलान् की भन्ने भैइसक्या थियो । त्यस्तो बेलामा हामीले समाजवादी मोर्चालाई अगाडि बढाएर चार वटा वामपन्थी पार्टीहरु एक ठाउँमा जम्मा भएर हामीले सोच्यौं राष्ट्रिय राजनीतिको एजेण्डा, यो संविधान जोगाउने एजेण्डा, यो गणतन्त्र बचाउने एजेण्डा ।’

अध्यक्ष नेपालले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालाई अगाडि बढाउने स्पष्ट पारे । उनले पार्टी सानो वा कमजोर भएको मानसिकता त्याग्नुपर्नेमा जोड दिए । उनले अरूलाई सिध्याएर नभैइ, प्रतिस्पर्धा मार्फत जनताको विश्वास जित्दै अगाडि बढ्ने बताउँदै पार्टीको भूमिकालाई अझ सशक्त बनाउन कार्यकर्ताहरूलाई सक्रिय रहन आग्रह गरे ।

उनले भने, ‘हाम्रो चुप लागेर बस्ने पार्टी होइन । हामी गतिशिलतामा विश्वास गर्छौं, हामी क्रियाशिलता मा विश्वास गर्छौं, हामी जनतासँग एकाकार हुन चाहन्छौं, जनताको पीडा र वेदनालाई आफ्नो पीडा र आफ्नो वेदना ठान्दछौं । र हामी यही गणतन्त्रमा मात्र सिमित हुँदैनौं, हामी समाजवादी गणतन्त्रमा अगाडि बढ्नेछौं । अझै उन्नत लोकतन्त्र, समाजवादी लोकतन्त्रमा हामी पुग्ने छौं । त्यसको निम्ती हामी प्रतिस्पर्धाको राजनीति बाटै अगाडि बढ्छौं ।

बहुदलिय प्रतिस्पर्धा बाटै  अगाडि बढ्छौं, निर्दलिय, एकदलिय शासनको पक्षमा हुने छैनौं, प्रतिस्पर्धामा चुनौति दिन्छौं, विचार,व्यवहारको प्रतिस्पर्धा र जनताको समस्यालाई सम्बोधन गर्ने प्रतिस्पर्धामा यी सबै कामहरुबाट आफ्नो श्रेष्टता हासिल गर्छौँ । अरुलाई सिध्याएर होइन,अरुलाई पराजित गरेर काम गतिवधि र व्यवहारबाट हाम्रो योग्यता देखाएर जनताको मन जित्छौं, जनताको विश्वास जित्छौं । गणतन्त्रमाथि जब खतरा आयो अरुले मत्तलब राखेनन् । हामीले चासो राख्यौं । हाम्रो पार्टी सानो छ, कमजोर छ भन्ने पराजित मानसिकताबाट हामी मुक्त हुनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार