मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पसद्वारा स्वागत, विदाई एवं पुरस्कार वितरण

Ujyalosandeshonline 12612+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले स्वागत, विदाई एवं पुरस्कार वितरण कार्यक्रम गरेको छ । स्ववियुले शुक्रबार क्याम्पस प्रांगणमा कार्यक्रम गरी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, स्नातक तहको अध्ययन पूरा गरेको विद्यार्थीहरुलाई विदाई तथा माघ २८ देखि फागुन १० गतेसम्म भएको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीले स्ववियुले आयोजना गरेको कार्यक्रम उत्कृष्ट र महत्वपूर्ण रहेको बताए । उनले भने, ‘विद्यार्थीहरुको भूमिका बाहिरबाट हेर्दा सामान्य रुपमा पढ्न जान्छन् भन्ने छ । तर, विद्यार्थीहरुको भूमिका बढी छ । ’

नेकपा (एमाले) संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक समेत रहेका नेता चौधरीले नेपालको भाग्य र भविष्य विद्यार्थीहरुमा निर्भर हुने बताए । 

त्यस्तै भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव एवं नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापा, पूर्व स्ववियु उपाध्यक्ष एवं सिद्धार्थनगर–९ का पूर्व वडा सदस्य उमेश थापा लाटोमगर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लुम्बिनी प्रदेश उपाध्यक्ष एवं सिद्धार्थनगर–१२ का पूर्व वडा सदस्य सरोज ठकुरी लगायतले भनाइ राखेका थिए ।

स्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, स्ववियु उपाध्यक्ष सुनिल खनालको स्वागत तथा सदस्य आशिष पन्त र मोहित चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार