रुपन्देहीमा बढ्दो मुद्दा, फछर्यौट दर घट्दै

Ujyalosandeshonline 11144+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

भैरहवा । रुपन्देहीमा आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रहरी कार्यालयमा १ हजार १ सय १७ वटा बिभिन्न अपराधका मुद्दाहरु दर्ता भएको थिए । सो वर्ष प्रहरीले १ वटा मुद्दा मात्र फछर्यौट गर्न सकेको थिएन । दर्ता भएको अपराध मध्ये ९९.९९ प्रतिशत अर्थात १ हजार १ सय १६ वटा मुद्दा फछर्यौट भएको थियो । 

त्यस यता जिल्लामा अपराधको संख्या बढ्दै जादा फछर्यौट हुने मुद्दाको प्रतिशत निरन्तर घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १ सय ३४ वटा मुद्दा दर्ता भएका थिए । यो पछिल्लो आर्थिक वर्षको तुलनामा १७ वटाले बढी हो । सो वर्ष ८७.५७ प्रतिशत अर्थात ९ सय ९३ वटा मुद्दा मात्र फछर्यौट भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा मुद्दाको संख्या बढेर १ हजार ५ सय ९५ वटा पुग्यो । यस वर्ष फछर्यौट हुने मुद्दाको प्रतिशत घटेर ६६.४० प्रतिशत पुग्यो । अर्थात दर्ता मुद्दा मध्ये १ हजार ५९ वटा फछर्यौट भए भने ५ सय ३६ मुद्दा बाँकी रहे । 

पछिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ८ सय ५७ मुद्दा दर्ता भएकोमा १ हजार १ सय ८१ वटा (६३.६०) प्रतिशत मात्र फछर्यौट भएको छ । ३४.४० प्रतिशत अर्थात ६ सय ७६ वटा मुद्दा टुङ्गो लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टले जानकारी दिए  । 

चालु आर्थिक वर्षमा सबै भन्दा बढी आत्महत्याका घटनामा दर्ता भएका मुद्दाहरु फछर्यौट हुन सकेका छैनन् । यस अघिका प्राय वर्षहरुमा आत्महत्याको घटना प्राय सबै फछयौट हुने भए पनि पछिल्लो वर्ष २ सय ९ वटा झुण्डी आत्महत्याको मुद्दामा ५.७४ प्रतिशत अर्थात १२ वटा मुद्दा मात्र प्रहरीले फछर्यौट गरेको छ । १ सय ९७ वटा फछर्यौट हुन बाँकी रहेको देखिएको छ ।

आत्महत्या मुद्दा फछर्यौटमा कमजोर रहेको जिल्ला प्रहरी कार्यालयको प्रर्दशन ज्यान सम्बन्धि मुद्दामा राम्रो देखिएको छ । गएको वर्ष १ सय ६१ वटा कर्तब्य ज्यान सम्बन्धि दर्ता भएको मुद्दा मध्ये १ सय ५९ वटा फछर्यौट गरेको तथ्यांकबाट देखिएको छ । साधारण चोरीको ९० मध्ये ८८ मुद्दा, डाँका चोरीको ३५ मध्ये ३२ नकबजनी चोरीको ३ मध्ये ३ वर्ट फछर्यौट गरिएको प्रहरी नायब उपरिक्षक भट्टले बताए । यस्तै जिल्ला प्रहरी कार्यालयको सबै भन्दा बढी मुद्दा बैंकिङ्ग कसुरका ५ सय ३३ वटा मुद्दा मध्ये ४ सय ४७ मुद्दा फछर्यौट भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार