मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सफा हिमाल अभियानमा ११ हजार केजी फोहोर संकलन

Ujyalosandeshonline 12614+ समाचार ( )
तस्बिर सौजन्य : नेपाली सेना
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियानको पाँचौं संस्करणमा यसपटक ११ हजार केजी फोहोर र चार मानव शव संकलन भएको छ । जंगी अड्डामा आयोजित कार्यक्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालबाट संकलित फोहोरमध्ये २२ सय २६ केजी कुहिने र ८ हजार ७ सय ७४ केजी नकुहिने भेटिएको जानकारी दिइएको हो । उक्त फोहोर अभियान दलले व्यवस्थापन कम्पनी अभनी भेञ्चर्स प्रालिलाई जिम्मा लगाएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर जंगी अड्डामा आयोजित झण्डा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको अगुवाइमा  प्रकृति र पर्यावरणको संरक्षणमा नेपाल सरकारसँगै सरोकारवाला निकायको सामूहिक प्रयास उदाहरणीय रहेको बताए । सफाइ अभियानभन्दा पनि फोहोर नै हुन नदिने निययम कडाइका साथ पालन हुनुपर्ने भनाइ उनले राखे । 

कार्यक्रममा सफा हिमाल अभियानका टीम लिडर सेनानी आदित्य कार्कीले प्रधान सेनापतिलाई अभियानको झण्डा हस्तान्तरण गरेका थिए । कार्यक्रममा अभियानका सदस्य, शेर्पा सहयोगी, वन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, पिक प्रमोसन प्रालि, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतका प्रतिनिधिलाई कदरपत्र प्रदान गरिएको थियो । पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले टोली नेता सेनानी कार्कीलाई सगरमाथा आरोही ब्याच हस्तान्तरण गरेका थिए । 

सफा हिमाल अभियान सन् २०१९ देखि सुरु गरिएको हो । अभियानअन्तर्गत हालसम्म १,१९,०५६ केजी फोहोर र १४ वटा मानव शव र केही अस्थिपञ्जर संकलन भएको  नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार