मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

ठुलो मात्रामा अबैध लागू औषध सहित पोखराबाट एक जना डिलर पक्राउ

Ujyalosandeshonline 12611+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

पोखरा । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामालागू औषध सहित पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले ठुलो मात्रामा लागू औषध सहित माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर मा बस्ने २५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदीलाई पोखरा ८ आलु माइला चोकबाट पक्राउ गरेको हो ।

आलु माइला चोकमा लागू औषधको कारोवार भैरहेको सुचना पाएको प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा ठुलो मात्रामा लागू औषध सहित सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

आलुमाइला चोकमा पक्राउ पर्दा स्कुटरमा लुकाई छिपाई राखेको  Tapentadol Tablets 100 m g नामको अबैध लागू औषध चार सय चक्की बरामद गरेको प्रहरी टोलीले अभियुक्त सुबेदीको घरकोठाबाट दुई वटा कार्टुन र एउटा जेब्रा झोलामा लुकाई छिपाई राखेको Tentadol–100mg लेखिएको लागू औषध १७ हजार सातसय ८० चक्की र निजकै पोखरा ४ रामकृष्ण टोलस्थित कोठाबाट सोहि नामको अबैध लागू औषधदुई सय चक्की र Tramol–50mg  लेखिएको लागू औषध चारसय ६० चक्की बरामद गरिएको प्रहरीले दाबी गरेको छ।

अभियुक्त सुबेदी बिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्यादथप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको । प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार