मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

रोसीमा डाइभर्सन बनाएपछि काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी आउजाउमा सहज

Ujyalosandeshonline 12547+ समाचार ( )
११ अशोज २०८२, शनिबार

रामेछाप । गत वर्षको असोज महिनामा रोसी र सुनकोसी नदीमा आएको बाढीले लुभु घाटको पक्की पुल बगाएपछि आवागमनमा समस्या झेल्दै आएका रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकावासीलाई आवागमन गर्न वैकल्पिक मार्ग बनाइएको छ । 

लुभुघाट स्थित रोसी खोलामा अस्थायी वैकल्पिक मार्ग निर्माण गरी यातायात साधन सञ्चालन गरिएको हो । सिन्धुलीको नेपालथोक स्थित रोसी खोलामा डाइभर्सन निर्माण गरेर बिपी राजमार्गबाट काभ्रेको तेमाल हुँदै सुनकोसी नदीको सिन्दुरेटारसम्म जाने सडक जोडिएपछि सिन्दुरेटारको पक्की पुल तरेर रामेछाप तर्फ छिर्ने बाटो खुलेको छ । 

रोसीमा कलभर्ट डाइभर्सन बनेसँगै रामेछापको सुनापति गाउँपालिकाका सबै वडा, दोरम्बा र खाँडादेवी गाउँपालिकाका केही वडा तथा काभ्रेको तेमालका केही वडाबाट काठमाडौं आउजाउ गर्ने स्थानीयलाई सहज भएको सुनापति गाउँपालिकाका–४ बेथानका स्थानीय राज मैनाली बताउँछन् । 

सुनकोसीले लुबुको पुल बगाएपछि सुनापति तथा खाँडादेवी र दोरम्बाका ओल्लो भागमा आउने स्थानीयले खाँडादेवी स्थिति सित्खाको पुल घुमेर आउनु पर्ने बाध्यता थियो । जसले गर्दा नियमित यात्रीहरू तथा बिरामीले काठमाडौं जानको लागि दुई घण्टा बढी घुम्नु पर्ने बाध्यता थियो । अब यो बाध्यता हटेको सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले बताए । 

हेर्दा सानो काम जस्तो देखिए पनि यो डाइभर्सन बनेपछि यस भेगका मानिसलाई कम्तीमा नौ महिनासम्म काठमाडौं आउजाउ गर्न सहज भएको छ, अब जेठ महिनासम्म यो डाइभर्सनबाट यातायात साधन चल्छन्, यसले सामान्य मानिसलाई आउजाउ गर्न सहज सेवा दिने छ भने गम्भीर बिरामीको ज्यान बचाउन सहयोग गर्ने छ’, उनले भने । दशैँको बेलामा छोटो बाटो बन्दा स्थानीयलाई घर आउन जान निक्कै सहज भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार