मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

रासस 548+ समाचार ( )
२८ पौष २०८२, सोमबार

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको खबर छ, सनाखत हुन सकेको छैन ।”जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन । अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार