कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा

Ujyalosandeshonline 12330+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका छन् । पूर्वसहमति अनुसार एमालेले सत्ता हस्तान्तरण नगरेको आरोप लगाउँदै सत्ता साझेदार नेपाली काँग्रेसका चार मन्त्रीहरूले गत असार ३१ गते सामूहिक राजीनामा दिएका थिए ।

लगत्तै काँग्रेस र नेकपाका १६ सांसदले असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कँडेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफलका लागि बोलाइएको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार