मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

२९ तोला सुन सहित दुई जना पक्राउ

Ujyalosandeshonline 12334+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

काठमाडौं । बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा बाँके जिल्ला नेपागञ्ज उपमहानगरपालिका वडा नं १९ बस्ने २९ बर्षिय मोहन वि.क. र बाँके राप्ति सोनारी गाउँपालिका वडा नं २ का सवारी धनी ३८ बर्षिय देबिन्द्र बहादुर घर्ती रहेका छन् ।

प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेपनि आइतवार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

प्र.-३-०१-०२३ ८१६८ नं हुण्डाई कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका ९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो ।

चेक जाँचको क्रममा सुन जस्तो देखिने धातु ३४७.०७१० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको सुन सहित सवारी भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटिएको थियो ।

हाल प्रहरीले सुनका गरगहना लिएर हिँड्ने वि.क. र सवारी धनी घर्ती सहित गाडीलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ ।

‘स्रोत नखुलेको गरगहना भएको हुनाले आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएका छौँ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुधिरराज शाहीले भन्नुभयो -‘भन्सार कार्यालयसँग आवश्यक सहकार्य भईरहेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार