मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

मधेश प्रदेश सभामा संसदीय छानबीन विशेष समिति गठन

Ujyalosandeshonline 12614+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

जनकपुर । मधेश प्रदेश सभाले संसदीय छानबीन विशेष समिति गठन गरेको छ । विगत लामो समयदेखि जनता समाजवादी पार्टी नेपाललगायतका प्रमुख प्रतिपक्षका सांसदहरुले उठाउँदै आएको आर्थिक अनियमितता, संसदीय विकास कोषको रकम अपचलन, मुख्यमन्त्री सतिश कुमार सिंहको भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंगको भेटलगायतका विषयहरु लिएर विरोध गर्नुका साथै छानबीन समिति गठन गर्न माग गर्दै आएका थिए । बैठक बस्ने बित्तिकै प्रमुख प्रतिपक्षले अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो ।

बजेट ल्याउने समय एकदम नजिक भएकोले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सरकारका आर्थिक वर्ष २०८१÷०८२ को विकास योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेश सभा बेठकमा सांसदहरुबाट उठेको गुनासोहरुलाई मध्येनजर गर्दै सत्यतथ्य छानबीन गर्न प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम संसदीय छानबीन विशेष समिति गठन गरिएको जानकारी दिए ।

छानबीन विशेष समितिमा सांसद केशव राय, सांसद  कुमरकान्त झा, सांसद किरण कुमारी, सांसद सम्भुकुमार साह, सांसद रोहबर अन्सारी, सांसद रमिता प्रधान, सांसद कनिश पटेल, सांसद उर्मिला देवी सिंह, सांसद कन्चन विच्छा र सांसद बिमला अन्सारी तरन्नुम रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार