मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

विपद् ब्यवस्थापनमा स्थानिह तहको भूमिका महत्वपूर्ण

Ujyalosandeshonline 12320+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

भैरहवा । विपद् पूर्व र पछिको ब्यवस्थापनमा स्थानिय तहको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । २६ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले विपद् ब्यवस्थापनमा स्थानिय तहको भूमिका प्रमुख रहेको बताएका हुन् । 

जिल्ला विपद् ब्यवस्थापन समिति, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद् पूर्व हुने सहि सूचना देखि विपद् पछिका उद्दार र राहत कार्यहरुमा सरकारको पहिलो निकाय स्थानिय तहको भूमिका प्रमुख रहेको बताए । “नेपालमा गएका भुकम्प लगायतका विपद्का घटनाहरुमा जस लिने होडबाजी हुन्छ, त्यो राहतको नाममा होस वा उद्दारका नाममा होस ।” अर्यालले भने “तर सबैभन्दा पहिला पुगने भनेको स्थानिय तह नै हो, यसको लागि स्थानिय तह आफुलाई तयारी अवश्थामा राखि राख्नुपर्छ ।”

अर्यालले विपद्को बारेमा सहि सचेतनामूलक सूचना आवश्यक रहेको बताए । सहि सूचनाले विपद्को जोखिमहरु न्यूनिकरण गर्छ । यसर्थ पालिकाहरुले सचेतनामूलक कार्यहरु पनि गर्न आवश्यक रहेको उनको जिकिर थियो । 

यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघिय भवन डिभिजन कार्यालयका ईन्जिनियर निरज केशरीले भुकम्प पछि  सबै भन्दा बढी भवनकै कारण क्षति हुने गरेको कारण नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड अनुसार घर बनाउनु पर्ने बताए । उनले सुररु देखि नै भुकम्प थेग्ने संरचना बनाए भुकम्प पछिका क्षतिहरु न्यून गर्न सक्ने जिकिर गरे । 

उनले घर बनाउदा जगै देखि बलियो बनाउनु पर्ने बताए । यसको साथै घर एवम अन्य पुर्वाधार निर्माण गर्दा गाउपालिकाले निर्दिष्ट गरेको मापदण्डहरु अपनाउन आग्रह गरे । यसका साथै भुकम्पीय अभ्यासको, पुर्व तयारी लगायतका बिषयमा केशरीले जानकारी दिएका थिए । 

नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने गरिएको बताए । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

विपद् ब्यवस्थापन समिति रुपन्देहीका अध्यक्ष गणेश अर्यालको अध्यक्षता एवम जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा, बुटवल उप–महानगरपालिका उप प्रमुख सावित्रा अर्याल, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तव, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया बरै, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, जिल्ला विपद् ब्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार