मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

विपद् ब्यवस्थापनमा स्थानिह तहको भूमिका महत्वपूर्ण

Ujyalosandeshonline 12612+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

भैरहवा । विपद् पूर्व र पछिको ब्यवस्थापनमा स्थानिय तहको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । २६ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले विपद् ब्यवस्थापनमा स्थानिय तहको भूमिका प्रमुख रहेको बताएका हुन् । 

जिल्ला विपद् ब्यवस्थापन समिति, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद् पूर्व हुने सहि सूचना देखि विपद् पछिका उद्दार र राहत कार्यहरुमा सरकारको पहिलो निकाय स्थानिय तहको भूमिका प्रमुख रहेको बताए । “नेपालमा गएका भुकम्प लगायतका विपद्का घटनाहरुमा जस लिने होडबाजी हुन्छ, त्यो राहतको नाममा होस वा उद्दारका नाममा होस ।” अर्यालले भने “तर सबैभन्दा पहिला पुगने भनेको स्थानिय तह नै हो, यसको लागि स्थानिय तह आफुलाई तयारी अवश्थामा राखि राख्नुपर्छ ।”

अर्यालले विपद्को बारेमा सहि सचेतनामूलक सूचना आवश्यक रहेको बताए । सहि सूचनाले विपद्को जोखिमहरु न्यूनिकरण गर्छ । यसर्थ पालिकाहरुले सचेतनामूलक कार्यहरु पनि गर्न आवश्यक रहेको उनको जिकिर थियो । 

यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघिय भवन डिभिजन कार्यालयका ईन्जिनियर निरज केशरीले भुकम्प पछि  सबै भन्दा बढी भवनकै कारण क्षति हुने गरेको कारण नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड अनुसार घर बनाउनु पर्ने बताए । उनले सुररु देखि नै भुकम्प थेग्ने संरचना बनाए भुकम्प पछिका क्षतिहरु न्यून गर्न सक्ने जिकिर गरे । 

उनले घर बनाउदा जगै देखि बलियो बनाउनु पर्ने बताए । यसको साथै घर एवम अन्य पुर्वाधार निर्माण गर्दा गाउपालिकाले निर्दिष्ट गरेको मापदण्डहरु अपनाउन आग्रह गरे । यसका साथै भुकम्पीय अभ्यासको, पुर्व तयारी लगायतका बिषयमा केशरीले जानकारी दिएका थिए । 

नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने गरिएको बताए । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

विपद् ब्यवस्थापन समिति रुपन्देहीका अध्यक्ष गणेश अर्यालको अध्यक्षता एवम जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा, बुटवल उप–महानगरपालिका उप प्रमुख सावित्रा अर्याल, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तव, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया बरै, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, जिल्ला विपद् ब्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार