मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति कति बढ्यो ?

Ujyalosandeshonline 12612+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ । विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । 

सार्वजनिक सम्पति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त भएको २५ लाख रुपैयाँ नगद एभरेष्ट बैंकमा मौज्दात रहेको उल्लेख छ । भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा पार्किङ जग्गासहित घर छ । सो घरजग्गा स्वर्गीय पत्नी सीता दहालकको नाममा छ ।  उक्त घर र जग्गा पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख छ ।

यस्तै, प्रधानमन्त्रीसँग ५ तोला सुन छ । त्यो सुन पनि पैतृक सम्पति भएको विवरणमा छ । तर, २०७३ सालमा प्रधानमन्त्री हुँदा दाहालले बुझाएको सम्पत्ति विवरण र अहिले सार्वजनिक विवरणमा उनको पैतृक सम्पति बढेको देखिएको छ । २०७३ सालमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन देखाएका दाहालले अहिले प्रधामनन्त्री थप १४ कठ्ठा जमिन सम्पत्तिका रुपमा देखाएका छन् । तर, यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् ।

२०७३ मा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका दाहालको सुन पनि दुई तोला बढेको देखिएको छ । हाल उनको सुन पाँच तोला रहेको र सो सुनलाई पनि दाहालले पैतृक नै भएको उल्लेख गरेका छन् ।

यस्तै, भरतपुर महानगरपालिका–१२ मा स्वर्गीय पत्नी सीता दाहालको नाममा १ कट्ठा जमिन रहेको र त्यो अंशबाट प्राप्त भएको उल्लेख छ भने उनको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेसँगै आज उनीसँगै २२ मध्ये २० मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार