प्रदूषण फैलाएको भन्दै नवलपुरका स्थानीयद्वारा चौधरी उद्योगमा प्रदर्शन

Ujyalosandeshonline 12331+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

नवलपुर ।  दुम्कौलीमा रहेकाे नेपालकै धनाढ्य उद्योगपति विनोद चौधरीको चौधरी उद्योग ग्रामले निम्ताएको वातावरण प्रदुषण विरुद्ध स्थानीय विरोधमा उत्रिएका छन् । देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको चौधरी उद्योगको प्रदुषणले स्थानीयलाई असर पारेको भन्दै विरोधमा उत्रिएका हुन् । बिहिबार देवचुली २ का बासिन्दाले चौधरी उद्योगको मूल गेटमा दिउँसो करिब २ बजे देखि ५ बजेसम्म विरोध प्रद्र्धशन गरेका छन् । 

उद्योगबाट निस्किएको प्रदूषित भुसे ब्रोइलर बन्द गर, पानी शुद्धिकरण गर्ने प्लान्ट दोब्बर क्षमताको बनाउ, वातावरण प्रदुषण नियन्त्रण गर, नागरिकको स्वास्थ्य वातावरणमा बाच्न पाउने मौलिक हकको हनन बन्द गर, आफ्नो फाईदाको लागि सि.जि.आई.पि वरपरको नागरिकको स्वास्थ्य माथिको खेलवाड बन्द गर जस्ता नारा लेखिएका पम्लेट कार्ड बोकि गेटमा उभिएका थिए ।

स्थानीयले तत्काल आफ्ना मागलाई उद्योगले सम्बोधन नगरेमा पुनः विरोधमा उत्रिँदै मुल गेटबाट कसैलाई पनि आवतजावत गर्न नदिने स्थानीय विनोद सिलवालले बताएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार