मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आम जनता र समाजवादी जन एकता पार्टीबीच एकीकरण

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ वैशाख २०८१, शनिबार

काठमाडौं । आम जनता पार्टी र समाजवादी जन एकता पार्टीबीच एकीकरण भएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकताबीच एकीकरणको घोषणा भएको हो ।

समाजवादी अध्यक्ष श्रेष्ठले सबै छरिएर रहेका पार्टीहरु एकताबद्ध भएर वैकल्पिक शक्तिको रुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा एकताको घोषणा गरेको बताएका छन् ।

उनले भने, ‘वर्तमान राजनीतिलाई अवलम्बन गर्दै विभिन्न कोणबाट संविधानको निर्वाचन गर्ने र संवैधानिक प्रक्रियाबाट अगाडि बढ्ने र प्रतिकूल अवस्था हेरे नेतृत्वहरुले अन्तरघात गर्दै आएको अवस्था छ । गठबन्धन बनाउदै तोड्दै गरेर राजनीतिक र आर्थिक अवस्था कमजोर भएको छ । त्यसकारण हामीले अहिले एकताबद्ध भएर काम गर्नको लागि आज एकताको घोषणा गरेका छौ र यस्तै, छरिएर रहेका पार्टीहरुलाई पनि एकताबद्ध गरेर वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन हामी अगाडि बढेका छौ ।’

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष साहले अग्रगामी, लोकतान्त्रिक र देशभक्त शक्तिहरु अलग अलग बसेर मुलुकको संकट समाधान गर्न नसक्ने भएकाले एकीकरणको बाटोमा अघि बढेको बताए ।

‘आज देश संकटबाट गुज्रिरहेको छ । राजनीतिक स्थिरता छैन । जनतालाई झुक्याउने, धोका दिने र बेइमानीको राजनीति भइरहेको छ । राजनीति हेर्ने हो भने लाजमर्दो छ । कहिले सरकार ढल्छ, ठेगान छैन । एउटै पार्टीको सरकारभित्र पनि दरार छ,’ उनले भने, ‘आर्थिक अवस्था झन दयनीय छ, व्यापारहरु कम छ, रोजगारीको अवसर छैन । हरेक क्षेत्रमा घाटा मात्रै छ । देश असफलताको कगारमा छ । यो अवस्थाको सुधारका लागि नेपाली जनताको एकता आवश्यक छ ।’  

मुलुक परिवर्तनका लागि लडेका शक्ति सबै सत्तामा पुग्दा पनि जनताका सपना पुरा नभएको उनले बताए । ‘बचाउनका लागि पनि सबै एक स्थानमा आउनु पर्छ । हाम्रा त्याग र योगदानको रक्षा गर्न र परिणाममूलक बनाउनको लागि हामी एकताबद्ध हुनुपर्छ । यो अवस्था रोक्नको लागि लोकतन्त्र नै एउटा विकल्प हो,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार