मुख्य समाचार
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने | सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला | पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र | ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’ | सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ | साना व्यवसायीलाई सामाग्री सहयोग | सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप | दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल | संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ |

भूकम्प प्रभावितलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा १२ लाखको राहत सामग्री सहयोग

Ujyalosandeshonline 2584+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले जाजरकोटका भूकम्पप्रभावित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । नगरकार्यपालिकाको बसेको बैठकबाट भूकम्पप्रभावित परिवारलाई १२ लाख बराबरको खाद्यन्न सामाग्री सहयोग गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, वडा नम्बर ४ का अध्यक्षा विनोद कुमार श्रीवास्तव, वडा नम्बर ६ का वडाअध्यक्ष नईमुलहक मुसलमान, नगरपालिकाका विपद् व्यवस्थापन शाखाका संयोजक शेषराम यादवसहितको टीमले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सो राहत सामग्री मंगलबार हस्तान्तरण गरेको हो ।

सामग्रीको विवरण जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई हस्तान्तरण गर्दै नगरप्रमुख सजरुद्दीन मुसलमानले विपदले निम्ताएको घाउलाई नगरपालिकाले मलम लगाउने प्रयास गरेको बताए । सरकारले चालेको एकद्वार प्रणाली अन्र्तगत यी राहत सामग्री भूकम्पप्रभावित परिवारले पाएको पक्कै पनि महसुस गर्ने अपेक्षा समेत मेयरले राखे । उनले नगरपालिकाले आवश्यक पर्ने सहयोग आगामी दिनमा गर्ने बताउँदै भूकम्पबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना हरिजनले नगरपालिकाले मानवीय सेवा गरेको बताइन् । मानिसलाई आपतविपत परेको बेला सरकार नजिक हुनु नै स्थानीय सरकारको दायित्व भएको उपप्रमुख हरिजनले उल्लेख गरिन् । उनले तीनै तहको सरकारले भूकम्पप्रभावितलाई उचित राहत उपलब्ध गराउने अनुरोध गर्दै विभिन्न सामाजिक संस्थाहरुलाई राहत अभियानमा सरिक हुन अपील गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल,ध्रुव बहादुर कुंवरलगायतको उपस्थिति रहेको थियो । कात्तिक १७ गते शुक्रबार जाजकोट जिल्लालाई केन्द्रबिन्दु बनाई ६.४ रेक्टरको भुकम्प गएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार