मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

आठ महिनामै बन्यो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला

Ujyalosandeshonline 12548+ समाचार ( )
२७ फाल्गुन २०८०, आइतबार

भैरहवा । रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् । 

अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट मैदानको पहिलो चरणको संरचना तयार भएसँगै सोमबार उद्घाटन हुने भएको छ । गत जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशाला सम्पन्न गर्न सबैको साथ र सहयोग रहेको कुँवरले बताए । 

उनले भने, ‘मैले आफ्नो काम सकेको छु । म भोलि यसको नतिजाको पखाईमा छु । यति ठूलो प्रोजेक्टमा हात हालेपछि अलि समस्या त भयो नै । तर सम्पूर्ण नेपाली दाजुभाईको सहयोगमा सम्पन्न गर्न सकेका छौं । मैले अष्ट्रेलियाबाट सिकेको समयको महत्वका आधारमा काम गर्दा छोटो समयमा निर्माण सम्पन्न गर्न सफल भएका हौं ।’

रंगशाला खेल्न तयार भए पनि अझै केही भौतिक निर्माण भने बाँकी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले बताउनुभयो । रंगशाला उद्घाटनको दिन चार टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुनेछ । 

प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिस्पर्धा हुनेछ । 

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नेछन् । सन् १९९६ को कप्तानी एलबी क्षेत्री, रेस्ट अफ नेपालको कप्तानी कलाम अली तथा रुपन्देही लेजेन्ड्सको कप्तानी हरिबहादुर थापाले गर्ने बताइएको छ । नेपालका पूर्वक्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बेसडर छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार