मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

भोलि नीति तथा कार्यक्रम : अप्ठेरोमा सरकार, धर्मसंकटमा प्रतिपक्ष

Ujyalosandeshonline 11308+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

काठमाडौं । जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । संसद सचिवालयले भोलि अपरान्ह्र ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडान दोहोर्याएको छ । सरकार र प्रमुख प्रतिपक्षवीच यससम्बन्धमा कुनै सहमति नबने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका प्रभावित हुने आशंका गरिएको छ । 

आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको छ । 

यता, आज विहान सभामुख देवराज घिमिरेले राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका थिए । उनीहरुवीच भएको फोनवार्तामा प्रमुख प्रतिपक्षलाई मनाएर सदनको कार्बाही सहज पार्न सभामुखले सुझाएका थिए । सभामुख घिमिरेले नीति तथा कार्यक्रमबारे भएको कुराकानीमा सभामुखले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए ।

सभामुख घिमिरेले नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नरहेको भन्दै राजनीतिक सहमतिमा जोड दिएका हुन ।

तर कांग्रेसले संसदीय छानविन समिति आफ्नो प्रमुख बटमलाइन बनाएपछि प्रधानमन्त्री अफ्ठयारोमा परेका छन् । कांग्रेस नेता एवम प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले आफ्नो अडान यथावत राखेको जानकारी दिंदै साँझसम्ममा नयाँ रणनीति बन्ने बताए ।

संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका प्रधानमन्त्री एमालेको दबाबमा परेको निकट स्रोतले जनाएको छ । एमाले संसदीय छानबिन समितिको विपक्षमा उभिएपछि प्रधानमन्त्री चेपुवामा परेको बताइन्छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले आइतबार मात्रै कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुरा गर्न नसकिने बताएका थिए ।

तर प्रधानमन्त्रीले संसदको गतिरोध अन्त्य गराउने प्रयासमा आफू रहेको बताएका छन् । ‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, संसद्को गतिरोध अन्त्य हुन्छ,’ उनले भने ।

त्यस्तै जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने र त्यसको तयारी पूरा भइसकेको प्रधानमन्त्रीको भनाइ छ । सरकारले नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै  समस्या नहुने बताए । सोमबार चितवनका विभिन्न कार्यक्रममा रहेका प्रधानमन्त्री अपरान्ह काठमाडौं फर्किएर कांग्रेस नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार